- Loading...
कोरोना प्रतिरोधमा प्रविधिको साथ
- पुनहिल डट कम
- ५ साल अघि
- २७० पटक पढिएको

चीनमा यतिखेर मास्क लगाउनका लागि आकाशवाणी भएका भिडियोहरू भाइरल भएका छन्। ड्रोनले मास्क नलगाइकनै हिँडिरहेका मानिसहरूलाई आकाशबाट मास्क लगाउन बारम्बार अनुरोध गरेको दृश्यहरू देखिन्छन्।मानिसहरू भेला भएर धूमपान गरिरहेको भेट्टायो भने ड्रोनले चुरोट फालेर मास्क नलगाएसम्म त्यहीँ फेरो लगाएर बसिरहन्छ र मान्छेहरू बाध्य भएर मास्क लगाउन थाल्छन्।
नोबल कोरोना निमोनिया (एनसीपी) को भाइरस फैलिनबाट जोगिनका लागि सबैभन्दा महत्वपूर्ण कुरामध्ये मास्क लगाउनु पनि हो। अहिले चीनमा सार्वजनिक यातायात देखि पैदल हिँड्ने हरेकले मास्क लगाउनु अनिवार्य जस्तै भएको छ। सर्वसाधारणको स्वास्थ्यको ख्याल गर्न अहिले ड्रोनले निकै सहयोगी भूमिका खेलेका छन्। त्यसबाहेक मास्क नलगाउनेलाई कतिपय ठाउँमा अधिकारीहरूले निःशूल्क मास्क दिएर लगाउन बाध्य पारेको पनि देख्न सकिन्छ।
कोरोनाका कारण चीनको जनजीवन यतिखेर ठप्प छ। कोरोनाको उद्गमस्थल हुबेइ प्रान्तको वुहान मात्रै होइन,लगभग सबैजसो क्षेत्रमा यतिखेर‘लक डाउन’को स्थिति छ। सन् २००३ को सार्सको तुलनामा यसले निम्त्याएको क्षति झन् झन् बढ्दै गएको छ। कोरोना भाइरस एकबाट अर्कोमा नसरोस् भन्नका लागि चीनले विभिन्न कदम थाल्दैआएको छ।
क्वाङ्तोङ् प्रान्तीय जनअस्पतालमा डाक्टर र नर्सले मात्रै होइन,थुप्रै रोबोटहरूले नर्स र फिजिसियनहरूलाईउपचारमा सहयोग गरिरहेका छन्। ती रोबोटहरूले ढोका ढोकामा गएर बिरामीकोऔषधि पुर्याइरहेका छन् भने अस्पतालका फोहरसमेत संकलन गरेका छन्। उनीहरूको त्यो सहयोग डाक्टर र नर्सजत्तिकै प्रभावकारी हुँदै गएको छ। पहिलो पटक क्वाङ्चौमा तैनाथ रोबोटले ५ मिटर टाढाबाटै शरीरको तापक्रम नाप्न सक्छ। ५-जी टेलिकम्युनिकेसन जडित प्रविधिले एकैसाथ १० जनाको तापक्रम नाप्छ। त्यस रोबोटले नजिकबाट हिँडिरहेको मान्छेले मास्क लगाए/नलगाएको समेत थाहा पाएर संकेत दिन्छ। शरीरको तापक्रम बढी भएमा पनि तत्कालै चेतावनी दिन्छ।
शानतोङ प्रान्तको छिङ्ताउ सहरमा ड्रोन र रोबोटहरूले कीटाणुनाशक छर्ने काममा सहयोग गरिरहेका छन्। त्यहाँ प्रत्येक पटक ड्रोनहरूले १० किलोसम्मका कीटाणु नाशक लिएर ५ हजार वर्गमिटर क्षेत्रफलमा किटाणुनाशक छर्ने गरेका छन्।
पेकिङ युनिभर्सिटीको शौकाङ् हस्पिटलमा दुईवटा इन्टेलिजेन्ट सर्भिस रोबोट छन्। तीमध्ये एउटाले ज्वरोको तापबारे जानकारी दिनसक्छ भने बिरामीको प्रारम्भिक स्थिति र डायग्नोसिस गर्दै उचित उपचारको सल्लाह दिनसक्छ। त्यस्तै अर्को रोबोटले ल्याबोरेटरी टेस्ट रिपोर्ट रअस्पतालको मागबमोजिम औषधि ढुवानी गर्छ।
कोरोना भाइरस नफैलियोस् भनेर चीनका हरेकजसो क्षेत्रमा कडा निगरानी र सावधानीका उपाय अवलम्बन गरिएको छ। आवास क्षेत्रका सबै ढोका बन्द गरेर एकद्वारमार्फत् नाम दर्ता गरेर तथा ज्वरोमापन गरेर मात्रै आउने जाने व्यवस्था मिलाइएको छ। सर्वसुलभ र सेकेण्डमै ज्वरो नाप्न सकिने प्रविधि भएका कारण नै यति ठूलो जनघनत्व भएको चीनमा यो कार्य सम्भव भएको छ।
कोरोना त्रासका कारण अहिले धेरै कार्यालयहरूले घरमै रहेर काम गर्ने व्यवस्था मिलाएका छन्। कम्प्युटर प्रविधिका कारण घरबाटै कार्यालय चलाउन सकिएको हो। अत्यावश्यक कर्मचारी मात्रै सुरक्षाका बन्दोबस्तीका साथ कार्यालय पुगे हुन्छ।
महामारीको नियन्त्रण गर्न बेइजिङका अदालतले सवारी साधन तथा मानवीय भीडभाडलाईकम पार्ने ध्येयले इन्टरनेट क्लाउड मार्फत् मुद्दा चलाउन सकिने व्यवस्था गरेका छन्।@kantipur

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
