आज:  | Thu, 30, Jun, 2022

अख्तियार विरुद्ध विरोध प्रर्दशन

२६ माघ २०७६, आईतवार २०:२९ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
बालुवाटारस्थित ललितानिवास क्षेत्रको जग्गा विक्री प्रकरणमा भ्रष्टाचार मुद्दामा विजय गच्छेदार समेत कांग्रेसका नेतालाई  फसाएको भन्दै नेपाल विद्यार्थि संघ र तरुण दल म्याग्दीले विरोध प्रर्दशन गरेका छन् । अख्तियार र सरकार विरुद्ध नारावाजी गर्दै  संगमचोकबाट निस्कीएको र्‍याली बजार परिकर्मा गरि विरेन्द्रचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै काँग्रेस सभापती खम बहादुर गर्बुजा, पूर्व सभापति रेशमबहादुर बानियाँले सम्बोधन गरेका थिए ।