Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

गरिमा विकास बैंकको नाफामा सुधार, जगेडा कोष मजबुत बन्दै

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २९३ पटक पढिएको
गरिमा विकास बैंकको नाफामा सुधार, जगेडा कोष मजबुत बन्दै

गरिमा विकास बैंक (GBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३२ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ९६ लाख रुपैयाँ अर्थात् १०.०२ प्रतिशतले धेरै हो।

बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २९ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफामा बढोत्तरी देखिएको हो।

बैंकले यस अवधिसम्ममा ८० करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा २०.२१ प्रतिशतले धेरै हो। बैंकको सञ्चालन मुनाफा १० प्रतिशतले बढेर ४६ करोड ५० लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २१ करोड ४७ लाख रुपैयाँ रहेको छ। चुक्ता पूँजी १६ प्रतिशतले बढाएर ३ अर्ब २३ करोड ८६ लाख रुपैयाँ पुर्‍याएको बैंकले जगेडा कोषमा ६२ करोड ७४ लाख रुपैयाँ सञ्चित गरेको छ। यसैगरी, बैंकको रिटेन्ड अर्निङ २२ करोड ५४ लाख रुपैयाँ रहेको छ।

यस अवधिमा बैंकले ३३ अर्ब ७३ करोड ८१ लख रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब २१ करोड ५७ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ। बैंकको प्रतिशेयर आम्दानी ६७ पैसा घटेर २० रुपैयाँ ७ पैसा कायम भएको छ। गत आवको पुस मसान्तमा बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ७४ पैसा रहेको थियो।

बैंकको निष्कृय कर्जा अनुपात ०.२८ बाट बढेर ०.३९ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ३४ पैसा, पूँजीकोष १३.७८ प्रतिशत र मूल्य आम्दानी अनुपात ११.२६ गुणा छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल