आज:  | Tue, 05, Jul, 2022

प्रधानमन्त्री ओलीलाई ‘दूरद्रष्टा नेता तथा राष्ट्र निर्माण’ अवार्ड

२५ माघ २०७६, शनिबार १३:३२ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
धानमन्त्री केपी शर्मा ओलीलाई एशियाली दूरद्रष्टा नेता तथा राष्ट्र निर्माण अवार्डबाट सम्मानित भएका छन् । एशियाली व्यवस्थापन संस्थाहरुको संगठन आमोले शुक्रबार राजधानीमा आयोजन गरेको कार्यक्रममा सभापति राजिव कौलले प्रधानमन्त्री ओलीलाई अवार्ड प्रदान गरे ।आमोले आइएमई ग्रुपका सहसंस्थापक तथा अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कुशल व्यवसायिक नेतृत्वको सम्मान दिएको छ भने उत्कृष्ट व्यवसायी नेतृत्व सम्मान भारतका आदित्य विरला व्यवस्थापन कर्पोरेशन प्रा.लि.का कार्यकारी अध्यक्ष तथा अखिल भारतीय व्यवस्थापन संघका पूर्व सभापति डी शिवकुमारलाई प्रदान गरेको छ ।त्यस्तै श्रीलंकाका हाट राष्ट्रिय बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जोनाथन आयल्सलाई पनि कुशल व्यवसायी नेतृत्वको सम्मान दिइएको छ । आमो एशियाका राष्ट्रिय व्यवस्थापन संस्थाहरुको छाता संगठन हो भने नेपालका व्यवस्थापकहरुको छाता संंगठन नेपाल व्यवस्थापन संघ यसको सक्रिय सदस्य छ ।