FLASH NEWS
  • Loading...

बजारमा रहेको सबै छड फिर्ता ल्याउन अशोक स्टीललाई गुणस्तर विभागको निर्देशन, गोदावरी र गोयन्काको इजाजत स्थगन

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १९८ पटक पढिएको
बजारमा रहेको सबै छड फिर्ता ल्याउन अशोक स्टीललाई गुणस्तर विभागको निर्देशन, गोदावरी र गोयन्काको इजाजत स्थगन

नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तहीन छड उत्पादन गरेको भन्दै तीन कम्पनीमाथि कारबाही शुरू गरेको छ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले गुणस्तरहीन डन्डी उत्पादन गर्ने कम्पनीको उत्पादनमा रोक लगाइएको देखापढीलाई जानकारी दिए।

विभागले आजैदेखि गोयन्का स्टील्स्, गोदावरी स्टील्स् र अशोक स्टील्सकाे इजाजतपत्र स्थगन गरेको हो। तीन उद्योगमध्ये अशोक स्टील्सले छडको गुणस्तरमा गम्भीर लापरवाही गरेको पाइएको विभागले जनाएको छ।

अशोक स्टीलले उत्पादन गरेर बजारमा पठाएको सबै उत्पादन फिर्ता गर्ने र विभागले स्पष्टिकरण सोध्ने निर्णय भएको विभागका महानिर्देशक विश्ववावु पुडासैनीले बताए।

अशोक स्टीलले उत्पादन गर्ने टीएमटी बार ८ एमएम इफइ ५०० डी छडमा पनि इलोनेगेशन १२ प्रतिशत हुनुपर्नेमा ११.६७ प्रतिशत मात्रै पाइएको छ। बेन्ड टेस्ट (बाङ्गिने) पनि नेपाल गुणस्तर १९१ अनुसार नरहेको विभागले बताएको छ।

संकलित नमूना परीक्षण गर्दा न्यून गुणस्तरको पाइएको विभागले आज प्रकाशन गरेको  विज्ञप्तीमा उल्लेख छ।

गोदावरी स्टीलले उत्पादन गर्ने टीएमटी बार ८ एमएम इफइ ५०० डी डन्टीको गुणस्तर नेपाल गुणस्तर १९१ अनुरूप नरहेको पाइएको हो। उक्त छडको यल्ड स्ट्रिन्थ ५०० एन/एमएम स्क्वायर २ हुनुपर्नेमा ४६१ मात्रै पाइएको हो।

यसैगरी, गोयन्का स्टील्सको पनि नेपाल गुणस्तर १९१ अनुरूपको छड नपाइए पछि विभागले इजाजत पत्र स्थगन गरिदिएको छ।

देखापढीमा समाचार छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल