Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

लायन्सको सहयोगमा बन्यो विद्यालय भवन

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २५८ पटक पढिएको
लायन्सको सहयोगमा बन्यो विद्यालय भवन

लायन्स क्लव इन्टरनेशनलको आर्थिक सहयोगमा यहाँको एक विद्यालय भवन पुनःनिर्माण भएको छ ।

भुकम्पबाट क्षतिग्रस्त बेनी नगरपालिका, ९ तोरीपानी स्थित गलेश्वर माध्यामिक विद्यालयको फर्निचर सहित १ करोड ८ ९३ लाखको लागतमा दुई तल्ले ८ कोठा भएको भवन पुनःनिर्माण गरी विहिवार एक समारोह विच विद्यालयलाई हस्तान्त्रण गरेको छ । लायन्सकै सहयोगमा पश्चिम मालिका गाउँपालिका, ७ विम स्थित किसानी माविमा पनि यस्तै विद्यालय भवन निर्माण भैरहेको छ । भवन पुननिर्माण गर्न गलेश्वर माविले ८ लाख मुल्य तिरेर तीन रोपनी जग्गा खरिद गरेको थियो ।

‘लायन्सको अगुवाईमा देशका दुर्गम भेगका भुकम्पबाट क्षतिग्रस्त विद्यालयहरु पुनःनिर्माण मार्फत वालबालिकाको शिक्षाको अधिकार मजवुद गराउन पाउँदा खुशी लागेको छ’ लायन्सका प्रोजेक्ट अध्यक्ष गिरीधारी शर्माले भने, ‘लायन्सले देशभर ५० वटा र म्याग्दीमा २ वटा आधुनिक र सुरक्षित भवन निर्माण गरेका छौं ।’

भवन पुनःनिर्माण गरिएका दुवै प्राविधिकधार तर्फका इन्जिनियरिङ र कृषी प्राविधिक अध्यापन गराउने विद्यालय हुन । दैलो छेउका सामुदायिक विद्यालयमा नै सिभिल इन्जिनियरिङ तथा कृषी प्राविधिक विषयको अध्ययन गर्न पाएपछि विपन्न र छात्रा विद्यार्थीको आर्कषण बढेको छ । यी गलेश्वर माविले कक्षा ९ देखी सिभिलि इन्जिनियरिङ र किसानी माविले कृषी जेटिए तर्फको पढाई गर्दै आएका छ ।

‘पुरानो भवन भुकम्पले केही क्षतिग्रस्त र जीर्ण भएको थियो । नयाँ भवन बनेपछि बालबालिकालाई जोखिम मोलेर जीर्ण भवनमा राख्नु परेन’ गलेश्वर माविका प्रधानअध्यापक गणेश बानियाले थपे, ‘भुकम्पजस्ता जोखिम न्यूनिकरण गर्ने उपायसहित प्रविधीमैत्री समेत बनाएका छौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल