- Loading...
प्रथम अन्नपूर्ण पर्यटन महोत्सव सम्पन्न
- पुनहिल डट कम
- ५ साल अघि
- १७८ पटक पढिएको

अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा सञ्चालित प्रथम अन्नपूर्ण पर्यटन महोत्सव मंगलबार सम्पन्न भएको छ ।
अन्नपूर्ण गाउपालिकाले नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर महोत्सव आयोजना गरेको हो । ५ दिन संञ्चालित महोत्सवसाग जोडेर आयोजित अध्यक्षकप खेलकुद प्रतियोगिता पनि सम्पन्न भएको छ । प्रतियोगितामा वडा न. ८ राम्चेले बर्चस्व जमाएको छ ।
प्रतियोगिताका ६ खेल प्रतियोगिता मध्य बास्केटबल र प्रौढ भलिबलमा राम्चे प्रथम स्थान सुरक्षित गरेको छ । पुरुष बास्केटबलमा वडा नं. ४ नारच्याङलाई ७६ का विरुद्ध ७९ स्कोर गर्दै राम्चे प्रथम भएको हो । प्रौढ भलिबलमा वडा न. ७ हिस्तान पराजित गरी राम्चे पहिलो भएको हो ।
पुरुष भलिबलमा वडा न. ३ दानालाई एक का विरुद्ध तीन सेट आफ्नो पक्षमा पार्दै वडा न. १ दोवा बिजयी भएको छ । महिला भलिबलमा वडा नं २ लाई पराजित गरी वडा न. ४ नारच्याङ प्रथम भएको छ ।
पुरुष भलिबल र बास्केटबलमा बिजेता र उपबिजेतालाई ट्रफी, प्रमाणपत्र र मेडल सहित ७५ हजार र पचास हजार रुपैयाा र महिला भलिबलको बिजेता र उपबिजेतालाई ट्रफि, प्रमाणपत्र र मेडल सहित ६० हजार र चालीस हजार हात पारेका छन । त्यसैगरी प्रौढ भलिबलमा बिजेतालाई ३५ र उपबिजेतालाई २५ हजार नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल पाए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
