Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

जंगलमा हराएका चार नेपाली पर्यटकको तेस्रो दिन उद्धार

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २८० पटक पढिएको
जंगलमा हराएका चार नेपाली पर्यटकको तेस्रो दिन उद्धार

बाक्लो हिउँ पर्ने हिउँदे मौषम (अफ सिजन)मा हिमाली क्षेत्रको दुस्साहसी यात्रामा निक्लेका चार नेपाली पर्यटकको तीन दिनपछि अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ्गको रेलेखर्क नजिकैको घनाजंगल विचको खोंचबाट सकुसल उद्धार गरिएको छ ।
अन्नपूर्ण हिमालको पश्चिम फेदीमा अवस्थित ३ हजार ८ सय मिटर अग्लो खोप्राबाट तल नारच्याङ्ग गाउँ झर्ने क्रममा विहिवार दिउँसो बाटो विराएर बाक्लो हिउँ जमेको जंगलमा फसेका सर्लाहीका अंकित साह, सर्लाहीकै अभिसेक महतो, दोलखाका संजित लामा र धनगढीका सुमन भट्टलाई आईतवार विहान खोजी तथा उद्धारमा गएका चुपिन पुर्जासमेतका स्थानीयले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्गको रेलेखर्कको जंलग विचको खोंचबाट उद्धार गरेका हुन ।
‘स्थानीय युवासाथीहरुले दुई दिनदेखी हिउँमै बास बसेर उनीहरुको खोजी गरी उद्धार गरेका हुन’ घट्नास्थल पुगेर उद्धारमा जुटेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘उद्धार गरिएका अंकित र सुमन केही विरामी परेकोले हेलिकोप्टरबाट पोखरा पठाईएको छ । बाँकी दुई जनालाई हामीले गाडीमा राखेर नारच्याङ झरेका छौं । गाडीमै फर्कनुहुन्छ ।’
शुक्रवार उनीहरुसँग फोनमा कुराकानी भएपनि पर्यटकलाई भेट्टाउन सकिएको थिएन । फोनको लोकेसनको आधारमा रेलेखोलाको माथिल्लो भागको रेलेखर्क क्षेत्रमा खोजी केन्द्रीत गरिएको थियो । आईतवार थप स्थानीय समेत परिचालन भै खोजी तिब्र पारिएको थियो ।
अन्नपूर्ण, निलगिरी र वराह हिमालको फदीमा अवस्थित घना जंगलमा बाक्लो हिउँले छोपेको पदमार्गमा पर्यटक मात्र होईन स्थानीय गोठाला समेत हिँड्न असंभव प्रायः पदमार्गमा गाईड नलिई दुस्साहसी यात्रामा निक्लदा पदयात्री समस्यामा परेका हुन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल