FLASH NEWS
  • Loading...

विप्लव समुहका म्याग्दी जनपरिषद प्रमुख पक्राउ

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १५१ पटक पढिएको
विप्लव समुहका म्याग्दी जनपरिषद प्रमुख पक्राउ

विप्लव समुहका म्याग्दी जनपरिषद प्रमुख जगेन्द्रबहादुर पुन (जगत) पक्राउ परेका छन ।

मालिका गाउँपालिका, ३ अदिवराका ५६ बर्षिय पुनलाई इलाका प्रहरी कार्यालय दरवाङले शुक्रवार राती आफ्नै घरबाट पक्राउ गरेको हो । प्रहरीले पुन विरुद्ध एनसेल टावरमा आगजनी, स्थानीय जनप्रतिनिधीलाई जवरजस्ती चन्दा असुली, जनप्रतिनिधीलाई मोसोदली अभद्र ब्यवहार गरेको तथा निर्माण ब्यवसायीका डोजरमा आगो लगाउने जस्ता उपद्रव उपराध गरेको अभियोग लगाएको छ ।

‘विभिन्न अपराधजन्य उपद्रवमा संलग्न विप्लवका जिल्ला जनपरिषद प्रमुख जगेन्द्र पुनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेका छौं’ जिल्ला प्रहरी प्रमुख किरण कुँवरले भने, ‘उनी पछिल्लो पटक जनप्रतिनिधी र विभिन्न योजनाका निर्माण समिति तथा निर्माण ब्यवसायीबाट जर्वजस्ती चन्दा असुलीमा सकृय थिए ।’