Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

दुई दिनदेखी जंगलमा हराएका पर्यटकसँग फोनमा कुरा भयो, मान्छे भेटिएनन

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २११ पटक पढिएको
दुई दिनदेखी जंगलमा हराएका पर्यटकसँग फोनमा कुरा भयो, मान्छे भेटिएनन

अन्नपूर्ण हिमालको पश्चिम फेदीको खोप्राबाट तल नारच्याङ्ग गाउँ झर्ने क्रममा बाटो विराएर विहिवार दिउँसोदेखी बाक्लो हिउँ जमेको जंगलमा फसेका ४ जना नेपाली पर्यटक शुक्रवार साँझ ८.३० बजेसम्म फेला परेका छैनन ।

फसेका पर्यटकको खोजी तथा उद्धारमा गएका चुपिन पुर्जासमेत स्थानीय समेत सम्पर्क विहिनहुँदा थप समस्या भएको छ । शुक्रवार दिउँसो २ बजेसम्म फोनमा कुराकानी भएपनि भीर, बाक्लो हिउँ जमेको घना जंगलको विचमा फसेकोले स्थान पत्ता नलाग्दा उद्धार गर्न अप्ठ्यारो भएको हो । विहिवार विहान खोप्राबाट हिँडेका काठमाण्डौका अंकित शाह समेत ४ जना आन्तरिक पर्यटक बाक्लो हिउँमा बाटो छिचोल्न नसक्दा भीर र जंगलमा पुगेका हुन ।

हराएका पर्यटकको फोन लोकेसन अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ लेकगाउँदेखी माथी रेलेखोला र घलेम्दीखोलाको विचको जंगलमा देखिएको छ । गुगल म्यापको लोकेसनले हराएका पर्यटक रहेको स्थानदेखी केही तल घलेम्दी जलविधुत आयोजनाको मुहान देखिन्छ । तर उक्त स्थानमा पुग्ने बाटोमा बाक्लो हिउँ जमेको तथा घनाजंगल भएकोले उद्धारकर्ता सजिलै पुग्न सकेका छैनन ।

‘दिउँसोसम्म मोवाईलमा कुराकानी भएको हो । उनीहरुले आफुहरु भएको लोकेसन बताउन सकेनन, आगो वाल्न प्रयास गर्न लगयौं तर संभव भएन’ घट्नास्थल नजिक पुगेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘खोज्न गएका स्थानीय समेत सम्पर्क विहिन भएकोले अन्यौल भएको छ । शनिवार विहानै हेलिकोप्टर र सेना परिचालन गर्ने योजनामा छौं ।’

पदमार्ग बाक्लो हिउँले ढाकिँदा उनीहरु बाटो विराएर घना जंगल र भीरमा पुगेका थिए । बाटो विराएपछि उनीहरुले विहिवार नै प्रहरी/प्रशासनमा उद्धारकालागी गुहार मागेपनि शुक्रवार अवेर सिडियो, डिएसपी समेत केही प्रहरी सामान्य अवस्थामा घट्नास्थल तर्फ लागेका थिए । प्रहरी जानु अघि नै सथानीय हराएका पर्यटक खोज्न जंगल तर्फ लागेका थिए ।

‘उनीहरुसँग मोवाईलमा कुराकानी भयो । हामी वारी कराएको उनीहरुले सुनेको फोनमा बताउँछन तर उनीहरुले चर्को आवाज निकाल्न नसक्दा नजिकै पुगेर पनि उनीहरुलाई भेट्टाउन सकेका छैनौं’ शुक्रवार दिउँसो ३ बजे उद्धारमा गएका स्थानीय चुपिन पुर्जाले भनेका थिए, ‘हामी रेलेखोलाको नजिक छौं, उहाँहरु खोंचमा छौं भन्नु हुन्छ, बाक्लो हिउँले हिँड्न सकिने अवस्थै छैन ।’

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल