Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

प्रथम अन्नपुर्ण महाेत्सवकाे भब्य उद्घाटन

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २९७ पटक पढिएको
प्रथम अन्नपुर्ण महाेत्सवकाे भब्य उद्घाटन

अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा बिहीबारदेखि सुरु हुने प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ ।
अन्नपूर्ण गाउपालिकाले प्रथम अन्नपूर्ण पर्यटन महोत्सवको अवसरमा पालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गरेको हो । ‘प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको विहिवार नारच्याङ्गमा उद्घाटन भएकाे छ । महाेत्सवकाे प्रदेशका मुख्यमन्त्री पृथ्वीशुव्वा गुरूङ्गले एक समाराेह विच उद्घाटन गरेका छन । “म अन्नपुर्ण गाउँँपालिकासँग विकासमा एक्यवद्धता जनाउन अाएकाे छु । अन्नपुर्ण नर्थ पदमार्ग, पुनहिलमा अाधुनिक भ्यु टावर, अन्नपुर्णका गाउँमा हाेमस्टे सञ्चालन गर्न अर्काे वर्ष बजेट हाल्छु” मुख्यमन्त्री गुरूङ्गले भने, “अागामी २ वर्षमा गण्डकी पर्देशका सवै घरमा विजुली र अाधारभुत खानेपानी पुग्छ ।”
अन्नपूर्ण गाउँपालिका दर्जनबढी अति संभावनायुक्त पर्यटकीय गन्तब्य र जलश्रोतको हव नै हो । प्रशस्त पूर्वाधारयुक्त संभावना छन तर जानकारी पर्यटक र पर्यटन ब्यवयासीसम्म प्रचार–प्रसार गर्न माघ १६-२१ सम्म महाेत्सव अायाेजना भएकाे हाे ।
“अन्नपुर्ण जलविधुत र पर्यटनकाे हव हाे । स्थानिय र प्रदेश सरकार बाहेक सँघिय सरकारबाट पर्यटन, विधुत र सडक निर्माणमा वजेट विनियाेजन गरेका छाैं” प्रतिनिधि सभा सदस्य भुपेन्द्र थापाले भने, “अन्नपुर्ण गापाका जनजिवनलाई सहज वनाउन ग्रामिण सडक, झाेलुङ्गे पुल, सामुदायिक भवन बनाउन पनि वजेट राखेकाे छु ।”
महाेत्सवमा गण्डकी प्रदेश सदस्य विनाेद केसी, नेकपाका खड्ग गिरी, काँग्रेसका सभापति खम्विर गर्वुजाले समेतले शुभकामना ब्यक्त गरे । प्रशासकिय अधिकृत नवीन सुवेदीले सँञ्चालन गरेकाे उद्घाटन कार्यक्रममा गापा प्रवक्ताले महाेत्सवकाे अाैचित्य र अावश्यकतामा प्रकाश पारे ।

७० बर्ष अघि मानव पाईला पुगेको अन्नपूर्ण प्रथम हिमाल अवस्थित जेठो हिमाल अन्नपूर्ण र अन्य विभिन्न पदमार्गको प्रर्वद्धन गर्न गाउँपालिकाले पर्यटन महोत्सव आयोजना गरेको हो । पर्वतारोहणमा ऐतिहाँसिक हिमालको अपनत्व ग्रहण गर्न अन्नपूर्ण गाउँपालिकाको नामाकरण गरिएको हो ।
सन १९५० जुन ३ मा फ्रान्सका मौरिस हार्गोजले म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ्गको बाटोहुँदैे नर्थ वेसक्याम्प हुँदै अन्नपूर्ण हिमाल आरोहण गरेका थिए । अन्नपूर्ण आरोहणको २ बर्षपछि मात्र सगरमाथा हिमाल आरोहण भएको हो । हिमाल आरोहणका हिसावले अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । महोत्सव स्थलबाट अन्नपूर्ण नर्थ वेसक्याम्प पुग्ने सवै भन्दा सजिलो र छोटो पदमार्ग जोडिएको छ ।
हिमाल अवस्थिती र आरोहणको इतिहाँस दुवै म्याग्दीमा पर्ने भएपनि अन्नपूर्ण हिमाललको लाभ कास्कीको पूर्वी वेसक्याम्पले मात्र लिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अन्नपूर्ण प्रथम बाहेक निलगिरी साउथ र बराह शिखर पनि अवस्थित छन ।
विश्व प्रख्यात अन्नपूर्ण चक्रिय पदमार्ग भित्र अवस्थित अन्नपूर्ण गाउँपालिकामा पर्यटन ब्यवसायीको रुचाएको अर्को अन्नपूर्ण–धौलागिरी सामुदायीयक पर्या पदमार्ग, अन्धगल्छी, तातोपानीका मुहानहरु, नारच्या–खोप्रा–बयलीहुँदै कास्कीको घान्द्रुक जोड्ने वराह पदमार्ग, तातोपानी–भुरुङ्ग–कालीदह हँदै धौलागिरी आईसफल जोड्ने अर्को पदमार्ग पनि चल्तिमा छ ।
त्यसैविच पर्यटन महोत्सवसँगै जोडेर अन्नपूर्ण अध्यक्ष कप खेलकुद प्रतियोगिता पनि आयोजना हुने भएको छ । अध्यक्ष कप खेलकुद प्रतियोगितामा महिला/पुरुष भलिवल, महिला/पुरुष बास्केटवल र पौढ पुरुष भलिवल समावेस छन । त्यसैगरी महोत्सवमा एकल नृत्य तथा सामुहिक नृत्य प्रतियोगिता पनि संञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा पुरुष भलिबल र बास्केटबलमा बिजेता र उपबिजेतालाई ट्रफी, प्रमाणपत्र र मेडल सहित ७५ हजार र पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।
यसैगरी महिला भलिबलको बिजेता र उपबिजेतालाई ट्रफि, प्रमाणपत्र र मेडल सहित ६० हजार र चालीस हजार तथा प्रौढ भलिबलको बिजेता उपबिजेतालाई ३५ हजार र २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल