Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

नेकपा महाधिवेशन २०७७ चैत अन्तिम हप्ता

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २२० पटक पढिएको
नेकपा महाधिवेशन २०७७ चैत अन्तिम हप्ता

|cpn centreal commetee

सत्तारुढ नेकपाले एकताको महाधिवेशन २०७७ साल चैत अन्तिम हप्ता गर्ने प्रस्ताव गरेको छ।
बुधबार सुरुको केन्द्रीय कमिटीको दोस्रो बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा २०७७ साल चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।
तत्कालीन एमाले र माओवादी केन्द्रले २०७५ जेठ ३ गते एकता घोषणा गरेका थिए। केन्द्रीय सदस्य विष्णु रिजालले भने, ‘अध्यक्षको राजनीतिक प्रतिवेदनमा ७७ चैत अन्तिममा महाधिवेन गर्ने प्रस्ताव गरिएको छ।’ एकताको दुई वर्षभित्र महाधिवेशन गर्ने भनिए पनि अध्यक्ष दाहालले अर्को वर्षको अन्तिममा महाधिवेशन गर्ने प्रस्ताव गरका हुन्। बुधबार सुरु भएको केन्द्रीय समिति बैठक आइतबारसम्म चल्ने भएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि २०७७ साल फागुन ७ देखि १० गतेसम्म महाधिवनेश गर्ने निर्णय गरेको छ।

राष्ट्रिय अभियान सञ्चालन गर्ने

दाहालले प्रस्तुत गरेको ३५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा महाधिवेशनको आधार तय गर्न आगामी फागुन १ गतेसम्म पार्टी एकता सुदृढिकरण, विकास तथा समृद्धिका लागि राष्ट्रिय अभियान गर्ने प्रस्तावसमेत गरिएको छ।
ओली र दाहालले पार्टी एकताको महत्व स्थापित गर्नका लागि अभियान खाँचो भएको भन्दै अभियानको कार्यतालिका प्रस्ताव गरेका हुन्।
आगामी वर्ष फागुन १ देखि १५ गतेसम्म प्रदेश जिल्ला र स्थानीय कमिटी अधिवेशन सम्पन्न गर्ने, फागुन मसान्तसम्म जनवर्गीय संगठनको केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा कार्यकर्ता भेला र अभिमुखीकरण कार्यक्रम सम्पन्न गर्ने, चैतदेखि २०७७ वैशाखसम्म सदस्यता नविकरण गर्ने, जेठ मसान्तभित्र घरदैलो अभियान, पदयात्रा,कोणसभा लगायत कार्यक्रम सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव गरिएको छ।
यस्तै साउनको पहिलो सातासम्म गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगर तहका कमिटीले अभियानको समिक्षा गर्दै प्रतिवेदन तयार पारेर जिल्ला कमिटीमा पठाउने कार्यतालिका पनि प्रस्ताव गरिएको छ।
साउनको दोस्रो सातासम्म जिल्ला कमिटीले प्रदेश कमिटीलाई र तेस्रो सातासम्म प्रदेशले केन्द्रीय कमिटीलाई प्रतिवेदन तयार पारेर पठाउने कार्यतालिका प्रस्ताव गरिएको छ।
साउन महिनाको चौथो सातामा केन्द्रीय कमिटीले समग्र अभियानको समिक्षा गर्ने र प्रतिवेदन पारित गर्ने कार्यतालिका प्रस्ताव गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल