- Loading...
विद्यालयकै हाताबाट मदिरा र सुर्तिजन्य वस्तु विक्रि
- पुनहिल डट कम
- ५ साल अघि
- २३५ पटक पढिएको

विद्यालयकै हाताबाट मदिरा र सुर्तिजन्य वस्तु विक्रि
घनश्याम खड्का (म्याग्दी)
नेपाल वाल संगठनले ब्यवस्थापन गर्दै आएको सदरमुकाम स्थित एक विद्यालय हाता भिक्रैबाट सूर्तिजन्य एवं मदिराजन्य बस्तु वित्रि वितरण भैरहेको छ ।
सदरमुकामका बेनी कालीपुल स्थित बालमन्दीर आधारभुत विद्यालयले ब्यापारिक प्रयोजनमा लगाएका पसलहरुमा सूर्ति तथा मदिराजन्य पदार्थको खुल्ला विक्रि वितरण भैरहेको छ ।
बेनीको कालीपुल वस पार्कबाट उत्तर बेनी–जोमसोम सडक तर्फ लागेपछि देव्रे छेउमा छ, बालमन्दीर आधारभुत विद्यालय विद्यालय । विद्यालयले सडक तर्फ फर्काएर केही सटर भाडामा लगाएको छ । ति मध्य विद्यालयको गेटसंग जोडिएको छ, रणवीर रेष्टुरेन्ट, क्रमश ः एसके स्टोर र सुरज स्टोर । विद्यालय प्रवेश गर्ने मुल गेटमा रहेको रेष्टुरेन्टमा बाहिर देखिने गरी मदिरा र सुर्तिजन्य पदार्थ सजाईएको छ । सुरज स्टोर त मदिराको डिलर नै हो ।
‘विद्यालयसँग जोडिएका सवै पसलमा मदिरा विक्रि हुन्छ । मैले पनि मासिक ३५ हजारमा भाडा लिएर पसल चलाएको हुँ । सम्झौतामा मदिरा वेच्न नपाईने भन्ने उल्लेख नै छैन’ रणवीर रेष्टुरेन्टका संञ्चालक प्रदिप कुमारले भने, ‘स्कुलसँग जोडिएका सवै मदिरा तथा सुर्तिजन्य पसलले हटाए मैले पनि हटाउँछु ।’
वाल संगठन म्याग्दीले ०२८ सालदेखी वालमन्दीरमा चिचिला, कोपिला र फूलगरी शिशु कक्षाबाट वालमन्दीर प्राथमिक विद्यालय संञ्चालन भएको हो । विद्यालयले हाल कक्षा ८ सम्म अध्ययन अध्यापन गराउँछ । विद्यालयको ब्यवस्थापन समितिमा नेपाल वाल संगठनका अध्यक्ष नेत्र महत अध्यक्ष छन ।
‘बालमन्दीरले मात्र होईन बेनीका अन्य विद्यालयहरुले पनि ब्यवसायीक रुपमा भवन भाडामा लगाएका छन । र त्यहाँपनि सुर्तिजन्य वस्तु विक्रि हुन्छ । सटर भाडामा दिँदा मदिरा तथा सुर्तिजन्य वस्तु वेच्न भनेका छैनौं’ वालमन्दीर आधारभुत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नेत्रबहादुर महतले भने, ‘कानुनले नै निषेध गरेका वस्तु विद्यालय क्षेक्रमा वित्रि भएको भए, रोक्छौं ।’
मदिरा तथा सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐनले सार्वजनिक स्थलबाहेक शिक्षण तथा श्वास्थ्य संस्था, बालगृह, शिशु स्याहार केन्द्र, अनाथालय क्षेत्रको कम्तीमा एक सय मिटर भित्रका घरपसलमा सूतिजन्य पदार्थ विक्रि वितरण रोक लगाएको छ । शैक्षिक संस्था क्षेत्रमा भैरहेको निर्वाध सूर्तिजन्य पदार्थको बेचविखन र सवै क्षेत्रमा १८ बर्ष मुनीका बालबालिकालाई मदिरा तथा सूर्तिजन्य फदार्थ विक्रीमा कसैले नियमन गरेको छैन ।
‘कानुनले निषेधित गरेका वस्तु वित्रि गर्न नपाईने सम्झौतामा उल्लेख छ । विद्यालयकै गेटमा मदिरा तथा सुर्तिजन्य वस्तु विक्रिमा राखिएपछि मैले धेरै पटक पसलेलाई सम्झौता अनुसारका वस्तु राखेर ब्यवसाय संञ्चालन गर्न भनेको छु । उनीहरुले टेरेका छैनन’ बालमन्दीर आधारभुत विद्यालयका प्रध्यानअध्यापक सुरेन्द्र केसीले भने, ‘मेरो तहबाट नभएपछि ब्यवस्थापन समितिमा कुरा राख्ने हो । तर समितिकै वैठक बस्न सकेको छैन ।’
विद्यालयले मात्र होईन मदिरा तथा सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐनको कार्यान्वयन दायित्व बोकेका निकाय पनि यस्ता विषयमा मौन रहने गरेको छ । उपभोक्ता संरक्षण ऐन ०७५ ले बजार अनुगमन गर्न स्थानीय बजार अनुगमन समितिको ब्यवस्था गरेको छ । ऐनले स्थानीय सरकारले कार्यविधी बनाई बजार अनुगमन समिति गठनगरी बजार नियमन गर्ने ब्यवस्था गरेको छ । तर म्याग्दीका कुनैपनि स्थानिय निकायले बजार अनुगमन सम्बन्धी कार्यविधी नै बनाएका छैनन ।
उपभोक्ता संरक्षण ऐन ०७५ ले बजार अनुगमन गर्दा सेवा क्षेत्रमा पर्ने विधुत, खानेपानी, टेलिफोन, सूचना प्रविधी, स्वास्थ्य, शिक्षा तथा परामर्श, यातायात, वैकिङ्ग वा त्यस्तै सेवा, कानुनी, चिकित्सा, इन्जिनियरिङ सेवाका क्षेत्रमा अनुगमन नै हुने गरेको छैन ।
जिल्लामा प्रायः सवै विद्यालयसँग जोडिएका चिया तथा किनारा पसलहरुमा सूर्तिजन्य पदार्थको खुल्ला विक्रि भैरहेको छ । ऐन तथा नियमावलीको कार्यान्वयनमा सरोकारवाला उदासिन हुँदा शिक्षकहरुले विद्यालय भित्रै सूर्तिजन्य पदार्थको प्रयोग गर्छन भने विद्यार्थीले छिमेका पसलमा ।
‘ऐनले स्थानीय वजार अनुगमन गर्ने दायित्व स्थानीय तहलाई नै दिएको छ । तर स्थानीय तह बजार अनुगमनमा अग्रसर छैनन’ अनुगमन अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले भने, ‘संघिय ऐन अनुसार हामीले वेला बेलामा खाद्य पदार्थमा बजार अनुगमन गरेपनि शैक्षिक संस्था क्षेत्रमा मदिरा तथा सुर्तिजन्य पदार्थ विक्रि अनुगमन गरेका छैनौं ।’
सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन ०६८ ले १८ बर्षमुनीका बालबालिका र गर्भवती महिलालाई कुनैपनि स्थलमा सूर्तिजन्य पदार्थ बेचविखनमा रोक लगाएको छ । अन्य अम्मलीलाई भने धुम्रपान क्षेत्र भनि तोकिएका बाहेक सवै सार्वजनिक स्थलमा धुम्रपान तथा सूर्ति सेवन गर्न नपाउने भनेको छ । सेवन गरेमा एक सय रुपैया जरिवाना लाग्छ । त्यसैगरी चुरोटको खुल्ला विक्री गर्न नपाईने भएपनि चिया पसल,किनारा पसलले समेत खुल्ला रुपमा विक्रि गर्ने गरेका छन । सवैभन्दा बढी शैक्षिक संस्था वरपरका चिया पसलमा चुरोटको खुल्ला विक्री बढी हुने गरेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
