- Loading...
म्याग्दी क्याम्पसले क्युएए उत्सव मनाउने
- पुनहिल डट कम
- ५ साल अघि
- २२२ पटक पढिएको

म्याग्दी बहुमुखी क्याम्पसले त्रिभुवन विश्व विद्यालय (त्रिवि)अनुदान आयोगबाट गुणस्तर सुनिश्चिता प्रत्यायन (क्युएए) प्राप्त गरेको खुशीयालीमा माघ २१ गते उत्सव मनाउने भएको छ ।
त्रिवि अर्न्तगतका १४ सयबढी क्याम्पस मध्य आयोगले म्याग्दी क्याम्पसलाई आयोगले ४१ औं क्याम्पसको रुपमा गुणस्तर सुनिश्चितता प्राप्त गरेको हो । साविक धौलागिरीमा पहिलो र गण्डकी प्रदेशका क्याम्पसमध्य म्याग्दी क्याम्पस क्यूएए प्राप्त गर्ने ५ औं क्याम्पस हो ।
गुणस्तर सुनिश्चिता प्रत्यायन (क्युएए) संसारभर स्वीकार गरिएको शैक्षिक गुणस्तरको मान्यता हो । म्याग्दी क्याम्पस पनि शैक्षिक गुणस्तरका न्यूनतम मापदण्ड पुरा गरी संञ्चालित भएको प्रमाण पत्रलाई विश्वविद्यालय अनुदान आयोगले क्यूएए सर्टिफाईड भनि प्रमाणित गर्छ ।
‘हाम्रो क्याम्पसको सर्टिफिकेट विश्वका जुनसुकै विश्वविद्यायमा मानय हुनेगरी शैक्षिक गुणस्तरको प्रमाण पत्र प्राप्त गर्न सफल भएका छौं । यो म्याग्दी क्याम्पस र जिल्लाबासीको गौरव पनि हो । हामी यो खुसी साट्न आतुर छौं’ क्याम्पस संञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले भने, ‘यो मान्यता ५ बर्षमा अझ सुधार गर्नकालागी हो । शिखरमा टिक्ने चुनौति सामना गर्न हामी अझ लाग्नु पर्ने छ ।’
सामुदायीक प्रयासमा ०४८ सालमा मानविकी तथा सामाजिकशास्त्र अर्न्तगत प्रविणता प्रमाणपत्र तहबाट पढाई सुरु गरेको म्याग्दी क्याम्पसमा मानविकी, ब्यवस्थापन र शिक्षा संकायमा स्नातकसम्मको अध्यापन हुँदै आएकोमा हाल एमविए (मास्टर अफ विजनेस स्टडिज) विषयमा स्नाकोत्तर तहको पढाई गर्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
