FLASH NEWS
  • Loading...

मोना कोरियाको अध्यक्षमा ताकमका केसी

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २१५ पटक पढिएको
मोना कोरियाको अध्यक्षमा ताकमका केसी

म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाको शनिबार सम्पन्न १३ औं अधिवेशनबाट ताकमका सुनेश केसीको अध्यक्षतामा नया कार्यसमिति चयन भएको छ ।
बरिष्ठ उपाध्यक्षमा दुर्गा भण्डारी, महिला उपाध्यक्षमा सिमा पुन, उपाध्यक्षमा गंगाराज बानियाँ, उपाध्यक्षमा कुशल पुन, मिन कार्की, गोविन्द बानियाँ, महासचिवमा सुमन पौडेल, सचिवमा मनिष गौचन र सनम शाक्य, कोषाध्यक्षमा रत्न पौडेल र सहकोषाध्यक्षमा रिम भण्डारी चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा विकास केसी, गोमा पुन, कविता पुन, कुमार केसी, भगवान चोखाल, बिद्या शर्मा, दिक्षा गर्वुजा, रमेश कार्की र भावना पुन चयन भएको मोनाले जनाएको छ ।
त्यस्तै बिशिष्ट अतिथि मोना कोरियाका संरक्षक विनोद कुँवर, मोना अन्तराष्ट्रियका महासचिव विक्रम कार्की, मोना आइसीका एशिया संयोजक दधीवल खड्का, मोना कतारका अध्यक्ष तिलु शर्मा, मोना जापानका पूर्व अध्यक्ष महेन्द्र बानियाँ लगायतको उपस्थिती रहेको थियो । नवनिर्वाचत अध्यक्ष केसीले मोनामार्फत आफ्नो कार्यकालमा रचनात्मक कार्यलाई प्राथमिकता दिने बताए ।