आज:  | Fri, 01, Jul, 2022

अपाङ्गता समावेशी सम्बन्धी अनुशिक्षण

१२ माघ २०७६, आईतवार १८:२४ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
स्थानीय तहले अपाङ्गता भएका ब्यक्तीलाई परिचय पत्र दिँदा समस्या बुझ्न नसक्दा समस्या आएको गुनासो विच अपाङग संघले बेनी नगरपालिका क्षेत्रका जनप्रतिनिधी र वडा सचिवहरु विच अनुशिक्षण कार्यक्रम गरेको छ । आईतवार वेनीमा आयोजित अनुशिक्षण कार्यत्रममा सामाजिक संरचनामा अपाङ्गताको अवस्था, अपाङ्गता परिचय, प्रकार र बर्गिकरण, विद्यमान कानुनी ब्यवस्था, अपाङ्गता परिचय पत्र वितरणमा देखिएका चुनौती र स्थानीय सरकारको अपाङ्गता सम्बन्धी भुमिकाको बारेमा प्रशिक्षणत तथा अर्न्तक्रिया गरिएको थियो ।