आज:  | Tue, 05, Jul, 2022

राष्ट्रियसभामा गण्डकीबाट श्रेष्ठ र न्यौपाने निर्वाचित

९ माघ २०७६, बिहीबार १८:५७ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
गण्डकी प्रदेशबाट राष्ट्रियसभाको दुई सिटका लागि भएको निर्वाचनमा नेकपाका उम्मेदवारहरु विजयी भएका छन् । नेकपाका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।निर्वाचन लगत्तै भएको मतगणनामा श्रेष्ठले ३४६२ र न्यौपानेले ३३६६ मतभार ल्याएको निर्वाचन कार्यालयले जनाएको छ।