FLASH NEWS
  • Loading...

अरुणा शाहीलाई न्यु डाईमण्ड रोज्नु -‘पारिवारिक माहोल’

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २०७ पटक पढिएको
अरुणा शाहीलाई न्यु डाईमण्ड रोज्नु -‘पारिवारिक माहोल’

नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही पछिल्लो समय न्यु डाईमण्ड स्पोर्ट्स क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आईरहेकी छिन् ।

घरेलु टिम गण्डकी प्रदेशले सहभागिता नजनाएको अधिकांस प्रतियोगितामा अरुणाले न्यु डाईमण्डबाट खेल्ने गर्छिन । पुस अन्तिम साता आयोजना भएको होग्वान्जी न्यु डाईमण्ड कप भलिबलमा अरुणाले न्यु डाईमण्डबाट खेलेकी थिइन् । आयोजक न्यु डाईमण्ड उपविजेता बनेको थियो ।

अहिले चलिरहेको पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पनि अरुणाले न्यु डाईमण्डको जर्सी लगाएकी छिन् । राष्ट्रिय टिमका सेटर समेत रहेकी अरुणा घरेलु प्रतियोगितामा किन न्यु डाईमण्ड रोज्ने गर्छिन त ?

न्यु डाईमण्ड रोज्नु अरुणाको खास कारण छैन । तर, राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी टिममा हुनु र टिमको पारिवारिक माहोलले नै अरुणालाई न्यु डाईमण्डले आकर्षित गर्यो ।

‘डाईमण्डबाट खेल्दा धेरै खुशी छु,’ अरुणा भन्छिन्, ‘यहाँको माहोल पारिवारिक भएकाले खेल्न सहज पनि भएको छ ।’

अरुणा आरबीबी कपमा गण्डकी प्रदेशबाट खेल्ने योजनामा थिइन् । तर, टिमले सहभागीता नजनाएपछि डाईमण्डबाट खेलेकी हुन् ।

गण्डकी प्रदेशले सहभागिता जनाएको प्रतियोगितामा भने आफुले न्यु डाईमण्डबाट नखेल्ने उनको भनाई छ ।

‘अबको प्रतियोगितामा गण्डकी प्रदेशले सहभागिता जनाउने भयो भने त्यहीबाट खेल्छु किनकि उतैबाट जन्मिएको खेलाडी हुँ । खेल्नु नै पर्छ तर आएन भने डाईमण्डबाटै खेल्छु,’ अरुणा भन्छिन् ।

अरुणाले डाईमण्डमा साना उमेरका खेलाडीहरु भएपनि उनीहरुसँग खेलको धेरै अनुभव भएकाले जुनियरसँग खेलेको जस्तो महसुस नहुने समेत बताईन् । यस्तै, अरुणाले घरेलु टिमबाट भन्दा अर्काे टिमबाट खेल्दा दबाब हुने बताईन् ।

‘आफ्नो क्लबबाट खेल्दा दबाब धेरै हुँदैन तर अर्काे क्लबबाट खेल्दा अलिकति भएपनि दबाब हुन्छ,’ उनले भनिन्, ‘किनकि बिग्रियो भने मलाई भन्ने होकि भन्ने सोच आउछ ।’

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल