- Loading...
डिएसपी फेरीएको जनाउ, लागुऔषध सहित कारोवारी पक्राउ
- पुनहिल डट कम
- ५ साल अघि
- २६६ पटक पढिएको

सदरमुकाम बेनीको मंगलाघाटबाट एकाघरका मनोज/आशिष खत्री दाजुभाई केही थान लागु औषधसहित पक्राउगरी प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले आफु जिल्ला प्रहरी प्रमुख भै आएको जनाउ गरेका छन ।
जिल्ला प्रहरीले इमेलमा उपलब्ध गराएको विवरण अनुसार माघ ६ गते साँझ बेनी नगरपालिका, ७ मंगलाघाट स्थित मनोज/आशिष खत्री दाजुभाई लागुऔषधको कारोवारी भएको सुराकीको आधारमा छापा मार्दा घरबाट डाईजापाम, १०४ एम्पुल, फेनेरागन, १०४ एम्पुल, नुर्फिन १०६ एम्पुल र सिरिन्ज २ थान सहित कारोवारी पक्राउ गरेको जनाएको छ ।
लागु औषध सेवानकर्ता/भरिया वा जुवाडे पक्राउ गरी जिल्ला प्रहरी प्रमुख फेरिएको संकेत गर्ने प्रचलन रहेको म्याग्दी प्रहरीको अभिलेखले पुष्टी गर्छ । अभिलेख अनुसार प्रहरीले ०७३ बैशाख, ०७४ फागुन, ०७५ पुस र ०७६ असार पहिलो दिनमा डाईजापाम, फेनेरागन, नुर्फिन तथा सिरिन्ज करिव उत्तिकै मात्रामा बरामद सहित भरिया/सेवनकर्ता र कारोवारी पक्राउ गरेको थियो ।
‘पहिलोपटक लागुऔषधका स्थानीय कारोवारीसम्म पुगेका छौं । जिल्लामा लागु औषध कारोवार बढ्दै गएको देखिन्छ’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ध्रुवप्रसाद शर्माले भने, ‘अनुसन्धान भैरहेकोले थप जानकारी खुल्ने छ ।’
बर्षको एक पटक मात्र नयाँ प्रमुख फेरिँदाको पहिलो महिना मात्र लागुऔषध कारोवारी/भरिया वा जुवा खालमा छापा मार्नु संयोग मात्र हो वा अन्य अर्थ राख्छ प्रहरीले ब्यवहारमै जवाफ दिनु पर्ने भएको छ । यस अघि जिल्ला प्रहरी प्रमुख आएका बसुन्धरा खड्का र वीरबहादुर बुढाले मात्र आफ्नो कार्यकालमा जुवा खालमा छापा मारेका थिए ।
सदरमुकाम बेनी भित्राईएईने लागुऔषध (डाईजापाम, फेनोरागन) का बाहिर जिल्लाका भरियालाई पक्राउ गर्ने प्रहरीले दोस्रो कारोवारी/प्रयोगकर्तासम्म पुगेको दावी गरेको छ ।
पक्राउ परेका लागुऔषध कारोवारी/प्रयोगकर्ताहरुलाई जिल्ला अदालतबाट म्याद थपगरी अनुसान्धान सुरु गरेको जनाएको छ ।
सदरमुकाम बेनीसमेत लागुऔषध प्रयोगकर्ता किसोर–किसोरीको संख्या बढेको प्रहरीले दावी गरेको छ । सदरमुकामसमेत सहरी क्षेत्रमा ब्राउनसुगर, इन्जेक्सनबाट लागुऔषध सेवनकर्ता बढी छन । सहरी क्षेत्रमा मात्र होईन जिल्लाका अधिकांश ग्रामिण क्षेत्रका विद्यालय तहमा समेत चरेस र गाँजा जस्ता नसालु पदार्थ सेवन गर्ने बढेका छन । विद्यालय तहको कलिलो उमेरमा मदिरा सेवन गर्नु त समान्य जस्तै भएको छ । डाक्टरको प्रिस्क्रिप्सन र विरामीको अभिलेख विना प्रयोग गर्न नपाईने डाईजीपाम, क्लोनाजीपाम, अल्प्राजोलाम जस्ता औषधी गिरोहहरुले विद्यालय, क्याम्पसका विद्यार्थीसम्म पुर्याएका छन ।
प्रहरीका अनुसार यो बर्ष सदरमुकाममा सिरिन्जबाट नसा लिने दुर्ब्यसनीको संख्या देखिन थालेको छ । औषधीको दुरुपयोग गर्नेबाहेक ब्राउण्ड सुगर, चसेर, गाँजा सेवनकर्ता पनि उल्लेख्य छ । कहिले काहीं यस्ता दुर्वसनी पक्राउ पर्ने भएपनि तस्करसम्म पुग्न प्रहरी अक्षम छ । श्रोतका अनुसार जिल्लाको पश्चिम दरवाङ्ग र उत्तरको दाना क्षेत्रबाट गाँजाचरेस पोखरा, काठमाण्डौ तथा बुटवलतर्फ निकासी हुने अनुमान गरिन्छ ।
फोटो ः जिल्ला प्रहरी कार्यालय, म्याग्दी

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
