FLASH NEWS
  • Loading...

बुद्ध सहकारीले म्याग्दीकालीसँग अध्यक्ष साट्यो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १५९ पटक पढिएको
बुद्ध सहकारीले म्याग्दीकालीसँग अध्यक्ष साट्यो

बेनी स्थित बुद्ध बचत तथा ऋण सहकारीको अध्यक्षमा प्रमोद श्रेष्ठ निर्वाचित भएका छन । आर्थिक अपारदर्शीताको विषयले स्थगित बुद्धको साधारण सभालाई म्याग्दी–काली संञ्चार सहकारीसँग अध्यक्ष पद साटेर पुस २८ गते पुनःसंञ्चालन गरी आन्तरिक विवाद टुङ्ग्याएको हो ।

बुद्ध सहकारीको ज्ञानेन्द्र श्रेष्ठ, सचिवमा अम्बिक श्रेष्ठ, कोषाध्यक्षमा रामकृष्ण बराईली, उपसचिवमा उक्तम कर्माचार्य र सदस्यहरुमा त्रमश ः नारायण प्रसाद श्रेष्ठ, चन्द्रप्रकाश वराईली, तमन पुन र बाबुराम रेग्मी रहेका छन । त्यसैगरी लेखा समितिमा हेमन्त थापा, बमबहादुर पुन र कुविर श्रेष्ठ तथा ऋण समितिमा प्रदीप श्रेष्ठ, राजेन्द्र श्रेष्ठ र अमर बानियाँ छन ।

म्याग्दी–काली संञ्चार सहकारीको अध्यक्षमा विजय श्रेष्ठलाई निर्विरोध गरेपछि म्याग्दीकाली संञ्चारबाट बाहिरिएका प्रमोद श्रेष्ठलाई बुद्ध बचत तथा ऋण सहकारीले अध्यक्ष बनाईएको हो । गत भदौ १३ गते आयोजना गरिएको बुद्ध बचत तथा ऋण सहकारीको २० औं बार्षिक साधारण सभामा पुस २८ गते पुनः संञ्चालनगरी लेखा प्रतिवेदन संशोधनसहित अनुमोदन तथा नयाँ नेतृत्व चयन गरी पुस ३ गते पत्रकारलाई म्यासेज गरी साधार सभा सार्वजनिक गरेको थियो ।