आज:  | Tue, 28, Jun, 2022

बुद्ध सहकारीले म्याग्दीकालीसँग अध्यक्ष साट्यो

४ माघ २०७६, शनिबार १७:०५ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
बेनी स्थित बुद्ध बचत तथा ऋण सहकारीको अध्यक्षमा प्रमोद श्रेष्ठ निर्वाचित भएका छन । आर्थिक अपारदर्शीताको विषयले स्थगित बुद्धको साधारण सभालाई म्याग्दी–काली संञ्चार सहकारीसँग अध्यक्ष पद साटेर पुस २८ गते पुनःसंञ्चालन गरी आन्तरिक विवाद टुङ्ग्याएको हो ।बुद्ध सहकारीको ज्ञानेन्द्र श्रेष्ठ, सचिवमा अम्बिक श्रेष्ठ, कोषाध्यक्षमा रामकृष्ण बराईली, उपसचिवमा उक्तम कर्माचार्य र सदस्यहरुमा त्रमश ः नारायण प्रसाद श्रेष्ठ, चन्द्रप्रकाश वराईली, तमन पुन र बाबुराम रेग्मी रहेका छन । त्यसैगरी लेखा समितिमा हेमन्त थापा, बमबहादुर पुन र कुविर श्रेष्ठ तथा ऋण समितिमा प्रदीप श्रेष्ठ, राजेन्द्र श्रेष्ठ र अमर बानियाँ छन ।म्याग्दी–काली संञ्चार सहकारीको अध्यक्षमा विजय श्रेष्ठलाई निर्विरोध गरेपछि म्याग्दीकाली संञ्चारबाट बाहिरिएका प्रमोद श्रेष्ठलाई बुद्ध बचत तथा ऋण सहकारीले अध्यक्ष बनाईएको हो । गत भदौ १३ गते आयोजना गरिएको बुद्ध बचत तथा ऋण सहकारीको २० औं बार्षिक साधारण सभामा पुस २८ गते पुनः संञ्चालनगरी लेखा प्रतिवेदन संशोधनसहित अनुमोदन तथा नयाँ नेतृत्व चयन गरी पुस ३ गते पत्रकारलाई म्यासेज गरी साधार सभा सार्वजनिक गरेको थियो ।