FLASH NEWS
- Loading...
प्रहरी जवानले दिइन् आस्था राउतविरुद्ध उजुरी
- पुनहिल डट कम
- ५ साल अघि
- १७३ पटक पढिएको

ड्युटीमा रहेका बेला आफूमाथि तथानाम गाली गर्दै अभद्र व्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले गायिका आस्था राउतविरुद्ध उजुरी दिएकी छन्।
यता, विमानस्थलमा कार्यरत महिला प्रहरीले राउतविरुद्ध विमानस्थल प्रहरीमा उजुरी दिएकी छन्। सुरक्षा जाँच गर्ने क्रममा आफूमाथि तथानाम गाली गर्दै अभद्र व्यवहार गरेको भन्दै राउतलाई कारबाहीको माग गरेर प्रहरी जवान रमिता श्रेष्ठले उजुरी दिएकी हुन्। उनको उजुरी विमानस्थल प्रहरीले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ।
उजुरी पाएपछि के गर्ने भन्ने विषयमा छलफल गरे अघि बढ्ने महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक (एसपी) रेवती ढकालले बताए।
“महिला प्रहरीले आफ्नो अफिसमा प्रतिवेदन गरेको हो। त्यो जानकारी हामीलाई आएको छ। महिला प्रहरीले उजुरी भन्दा पनि प्रतिवेदन गर्ने हो। त्यसपछाडि त्यो हामीकहाँ आउँदै होला” एसपी ढकालले भने।
छानबिनपछि गल्ती अनुसारको कारबाही गरिने उनले बताए। “यदि प्रहरी कर्मचारीको गल्ती छैन भने उहाँलाई (आस्था राउत)लाई कराबाही हुन्छ। प्रहरी कर्मचारीको गल्ती छ भने उन (रमिता श्रेष्ठ)लाई कारबाही हुन्छ”, एसपी ढकालले भने।
प्रहरी कर्मचारीको गल्ती भए विभागीय कारबाही हुने र आस्थाको गल्ती भए अभद्र व्यवहार अन्तर्गत कारबाही गरिने उनले बताए। प्रहरीमाथि तथानाम गाल गलौज गरेर सिंगो प्रहरी प्रशानको बदनाम गराएको भन्दै आस्थामाथि अभद्र व्यवहारमा कारबाही नभए साइबर क्राइम पनि आकर्षित हुन सक्ने उनको भनाइ छ।
आस्था भने आवेगमा आएर सिंगो प्र्रहरी संगठनमाथि गाली गर्न पुगिएको भन्दै फेसबुकमार्फत् माफी मागेकी छन्। उनले भिडिओमा प्रयोग भएका दुई÷चार शब्द गलत भएको भन्दै माफी मागेकी हुन्।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
