FLASH NEWS
  • Loading...

प्रहरी जवानले दिइन् आस्था राउतविरुद्ध उजुरी

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २२६ पटक पढिएको
प्रहरी जवानले दिइन् आस्था राउतविरुद्ध उजुरी
ड्युटीमा रहेका बेला आफूमाथि तथानाम गाली गर्दै अभद्र व्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले गायिका आस्था राउतविरुद्ध उजुरी दिएकी छन्।
प्रहरीमाथि अपशब्द बोलेपछि गायिका आस्था राउत विवादमा तानिएकी छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका क्रममा महिला प्रहरीले दुर्व्यवहार गरेको भन्दै आस्थाले ‘फेसबुक लाइभ’मा तथानाम गालीगलौज गरेकी थिइन्।
यता, विमानस्थलमा कार्यरत महिला प्रहरीले राउतविरुद्ध विमानस्थल प्रहरीमा उजुरी दिएकी छन्। सुरक्षा जाँच गर्ने क्रममा आफूमाथि तथानाम गाली गर्दै अभद्र व्यवहार गरेको भन्दै राउतलाई कारबाहीको माग गरेर प्रहरी जवान रमिता श्रेष्ठले उजुरी दिएकी हुन्। उनको उजुरी विमानस्थल प्रहरीले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ।
उजुरी पाएपछि के गर्ने भन्ने विषयमा छलफल गरे अघि बढ्ने महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक (एसपी) रेवती ढकालले बताए।
“महिला प्रहरीले आफ्नो अफिसमा प्रतिवेदन गरेको हो। त्यो जानकारी हामीलाई आएको छ। महिला प्रहरीले उजुरी भन्दा पनि प्रतिवेदन गर्ने हो। त्यसपछाडि त्यो हामीकहाँ आउँदै होला” एसपी ढकालले भने।
छानबिनपछि गल्ती अनुसारको कारबाही गरिने उनले बताए। “यदि प्रहरी कर्मचारीको गल्ती छैन भने उहाँलाई (आस्था राउत)लाई कराबाही हुन्छ। प्रहरी कर्मचारीको गल्ती छ भने उन (रमिता श्रेष्ठ)लाई कारबाही हुन्छ”, एसपी ढकालले भने।
प्रहरी कर्मचारीको गल्ती भए विभागीय कारबाही हुने र आस्थाको गल्ती भए अभद्र व्यवहार अन्तर्गत कारबाही गरिने उनले बताए।  प्रहरीमाथि तथानाम गाल गलौज गरेर सिंगो प्रहरी प्रशानको बदनाम गराएको भन्दै आस्थामाथि अभद्र व्यवहारमा कारबाही नभए साइबर क्राइम पनि आकर्षित हुन सक्ने उनको भनाइ छ।
आस्था भने आवेगमा आएर सिंगो प्र्रहरी संगठनमाथि गाली गर्न पुगिएको भन्दै फेसबुकमार्फत् माफी मागेकी छन्। उनले भिडिओमा प्रयोग भएका दुई÷चार शब्द गलत भएको भन्दै माफी मागेकी हुन्।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल