आज:  | Sat, 02, Jul, 2022

राष्ट्रिय योग दिवसमनाइँदै

२ माघ २०७६, बिहीबार १९:१३ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’ नाराका साथ आज राष्ट्रिय योग दिवस मनाइँदैछ। अन्तर्राष्ट्रिय योग दिवस हरेक २१ जुनमा मनाइँदै आए पनि नेपाल सरकारले १ माघ २०७२ देखि राष्ट्रिय योग दिवस मनाउन थालेको हो। आजदेखि सात दिनसम्म केन्द्र, प्रदेश र स्थानीय तहमा समेत विभिन्न कार्यक्रम गरी योग दिवस मनाउने गरी सरकारले तयारी गरेको छ। योग दिवसको लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले योगलाई जीवन दर्शनका रुपमा विकास गरी नेपाललाई योगको उर्वर भूमिका रूपमा आन्तरिक र अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन राष्ट्रिय योग अभ्यासक्रम निर्माण गर्ने तथा प्राविधिक धार र उच्चशिक्षामा समेत योग विषयको पठनपाठन गराउने तयारी गरिएको बताए।