- Loading...
आफ्नै बन्दुकको छर्राले लागेर तमानमा एक व्यक्तिको मृत्यु
- पुनहिल डट कम
- ५ साल अघि
- २२२ पटक पढिएको

बागलुङको तमानखोलामा आँफ्नै भरुवा बन्दुकको छर्राले लागेर घाईते भएका एक व्यक्तिको उपचार लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छ ।
तमानखोला गाउँपालिका–१ बोंगादोभानका ४७ बर्षिया ओमबहादुर घर्तीको बिहिबार राती उपचारका लागि अञ्चल अस्पताल बागलुङ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । अस्पताल पु¥याउँदा उनलाई मृत घोषणा गरेको थियो ।
घरछेउको जंगलमा बाँदर लखे्न भन्दै भरुवा बन्दुक बोकेर निस्केका घर्ती बिहिबार दिउँसो २ बजे बन्दुरक पड्केर छर्राले लाग्दा घाईते भएको स्थानीयले बताएका छन् । उनको बाँयाँ हात, खुट्टा र पिडौंलामा चोट लागेको थियो । घटना लगत्तै स्थानीयले घर्तीलाई उपचारका लागि अञ्चल अस्पताल बागलुङ ल्याउँदै गर्दा बिहिबार राती पौने नौ वजे अञ्चल अस्पतालले मृत घोषणा गरेको प्रहरी नायव उपरिक्षक झविन्द्र भट्टराईले बताए ।
घटनाको बिषयमा प्रहरिले अनुसन्धान थालेको छ । ईलाका प्रहरी कार्यालय बुतिबाङबा प्रहरी टोली खटाई अनुसन्धान थालिएको भट्टराईले जानकारी दिए । घर्तीले प्रयोग गरेको भरुवा बन्दुक दर्ता भए नभएको बिषयमा समेत प्रहरीले खोजी थालेको छ । बाँदर लखेट्न भनिए पनि घटना घट्नुको कारणका बिषयमा पनि अनुसन्धान सुरु भएको उनले बताए ।
मृतक घर्तीको शव अञ्चल अस्पतालको शव गृहमा राखिएको छ । आवश्यक अनुसन्धान र पोष्टर्माम पछि उनको शवलाई परिवारको जिम्मा लगाईने भट्टराईले बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
