FLASH NEWS
- Loading...
विद्यालय तहमा गाइड–गेसपेपर, प्राक्टिस बुक निषेध
- पुनहिल डट कम
- ५ साल अघि
- १६६ पटक पढिएको

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहमा गाइड, गेसपेपर, प्राक्टिस बुकजस्ता सहयोगी पुस्तक प्रयोगमा रोक लगाएको छ । पाठ्यक्रम, पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका २०७६ जारी गर्दै मन्त्रालयले कक्षा १२ सम्मको कुनै पनि कक्षामा यस्ता सामग्री प्रयोग गर्न नपाइने व्यवस्था गरेको हो ।
यसअघि पनि प्राक्टिस बुक, गेसपेपर र गाइड प्रयोग गर्न नपाइने उल्लेख थियो । मन्त्रालयले सहयोगी सामग्रीका रूपमा यस्ता पुस्तकको प्रयोग नरोकिएपछि नयाँ निर्देशिका जारी गरी त्यस्ता सामग्रीको प्रकाशन, बिक्रीवितरण र खरिदमा थप कडाइ गरेको हो ।
प्रश्नपत्र सँगालोका रूपमा मात्र छपाइ भएका पुस्तक बिक्रीमा समेत पाठ्यक्रम विकास केन्द्रले स्वीकृति नदिने मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले बताए । शिक्षा मन्त्रालयले पाठ्यक्रम तथा पाठ्यसामग्री निर्देशिका, विद्यालय पाठयपुस्तक तथा पाठ्यसामग्री छपाइ तथा वितरण निर्देशिकालाई एकीकृत गर्दै नयाँ निर्देशिका जारी गरेको हो ।
‘सहयोगी पुस्तक प्रयोगमा पहिलेदेखि नै बन्देज थियो,’ काप्रीले भने, ‘कक्षा १२ सम्मै कडाइपूर्वक कार्यान्वयन गर्न निर्देशिका थप परिमार्जन गरिएको हो ।’ केन्द्रले हाल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारूप पारित गरेर आगामी वर्षदेखि लागू गर्ने तयारी गरिरहेको छ । निर्देशिकामा पाठ्यक्रम कार्यान्वयन भएको १० वर्षमा परिमार्जन परिवर्तन गर्ने उल्लेख छ । केन्द्रको स्वीकृति लिएर मात्र अन्य पुस्तक प्रयोगमा ल्याउन सकिने निर्देशिकामा उल्लेख छ । पाठ्यसामग्री व्यवस्थापन तथा मूल्यांकन समितिको स्वीकृतिमा मात्र त्यस्ता पुस्तक प्रयोग गर्न पाइनेछ ।
केन्द्रमा महानिर्देशक अध्यक्ष रहने समितिले बढीमा पाँच वर्षका लागि थप पाठ्यसामग्रीका लागि अनुमति दिन सक्ने निर्देशिका तयार पारिएको हो । विद्यालय तहमा प्रयोग हुने पुस्तकको मूल्य निर्धारण गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशकको संयोजकत्वमा मूल्य निर्धारण सिफारिस समिति रहने व्यवस्था गरिएको छ । निर्देशिकामा पाठ्यक्रम निर्माणका लागि विज्ञसूची तयार पार्ने व्यवस्था छ । आधारभूत र माध्यमिक तहका लागि विज्ञ बन्न क्रमश: कम्तीमा स्नातक र स्नातकोत्तर योग्यता कायम गरिएको छ । पाँच वर्षको शिक्षण, अनुसन्धानमा संलग्न व्यक्तिमात्र विज्ञमा सूचीकृत हुन पाउनेछन् । पाठ्यपुस्तक लेखनका लागि भने खुला प्रतिस्पर्धाबाट लेखक छनोट गर्न सकिने व्यवस्था गरिएको छ । लेखक वा प्रकाशकले पाठ्यक्रमको परिधिभित्र रही कुनै पनि कक्षाका लागि पाठ्यपुस्तक तयार पार्न सक्ने निर्देशिकामा व्यवस्था छ ।
कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
