आज:  | Fri, 01, Jul, 2022

बेनी शिवालयमा सूर्य पुराण महाँयज्ञ

२५ पुष २०७६, शुक्रबार २०:२१ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
सदरमुकाम बेनी स्थित तीन सय बर्ष पुरानो बेनी शिवालय मन्दीरमा विहिवारदेखी सूर्य पुराण महायज्ञ सुरु भएको छ ।पण्डित दण्डपाणी उपाध्यायले प्रवचन गरिरहेको महायज्ञ पुस २४ देखी माघ १ गतेसम्म चल्ने बेनी शिवालय मन्दीर संरक्षण समितिका अध्यक्ष विक्रम श्रेष्ठले बताए ।धार्मिक तथा ऐतिहासिक महत्व बोकेको शिवालय मन्दिर परिसरले धार्मिक एवं एतिहासिक महत्व बोकेको बेनी शिवालय मन्दीर कालीगण्डकी र म्यग्दी नदीको संगमस्थलमा विशाल वरको रुखको जाराभित्र अवस्थित छ । मन्दिरको स्थापना पर्वत राज्यका तत्कालीन राजा मले वमले वि.सं.१७५४ मा निर्माण भएको हो ।