आज:  | Sat, 25, Jun, 2022

आज राति खण्डग्रास चन्द्रग्रहण

२५ पुष २०७६, शुक्रबार ०९:०१ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
शुक्रबार राति नेपालबाट खण्डग्रास चन्द्रग्रहण देखिनेछ । ग्रहण राति १० बजेर ५२ मिनेटदेखि सुरु भएर ३ बजेसम्म (चार घण्टा आठ मिनेट) रहनेछ ।‘यो चन्द्रग्रहणमा पातलो छाया र खण्डग्रास मात्र देखिनेछ,’ बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालयले जनाएको छ । सन् २०२० मा विश्वका विभिन्न भागबाट दुईवटा सूर्यग्रहण र चारवटा चन्द्रग्रहण देखिनेछ ।