आज:  | Sat, 02, Jul, 2022

सरकारका १४ निर्णय

२४ पुष २०७६, बिहीबार १७:४० मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
पुस २१ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक भएको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले निर्णयहरु सार्वजनिक गरेका हुन् ।बैठकले धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगानालाई नियुक्त गरेको छ ।बैठकले पानीजहाज दर्ता, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिनुका साथै महाकाली सिंचाइ आयोजनाको नहल निर्माणका लागि वन प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ । त्यसैगरी नेपाल नर्सिङ परिषद्को सदस्यमा सानु तुलाधर (काठमाडौं) र दुर्गालक्ष्मी श्रेष्ठ (गोरखा)लाई मनोनयन गर्ने निर्णयलगायतका १४ निर्णय गरेको छ ।