- Loading...
मालिकामा उपाध्यक्षसँग विद्यालय स्वास्थ्य
- पुनहिल डट कम
- ५ साल अघि
- २१५ पटक पढिएको

मालिका गाउँपालिकाले मातहतका सवै ७ वडामा रहेका माध्यामिक विद्यालयमा ‘तपाईले ५ जनाको जीवन वचाउन सक्नुहुन्छ’ भन्ने नारासहित ‘उफाध्यक्षसँग विद्यालयमा स्वास्थ्य शिक्षा’ कार्यक्रम सुरु गरेको छ ।
हृदयघात, अतिरत्तश्राव, बेहोस हुनु, खाना वा अन्य वाहृय वस्तु घाँटीमा अड्किएको र पक्षघात (प्यारालासिस)अवस्था जस्ता आपतकालिन अवस्थामा जीवन बचाउने उपायबारे समुदाय र विद्यार्थी/शिक्षकलाई ज्ञान तथा सीप हस्तान्क्रण गर्न विद्यालय तथा समुदाय तहमा कार्यत्रम संञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
‘जीवनमा आई पर्ने ५ आपतकालिन अवस्था जुन तत्काल केही शिप र उपाय अपनाउँदा तत्काल मृत्युबाट विरामीलाई बचाउन सकिन्छ । यही आपतकालिन अवस्थाबाट जीवन बचाउन सकिने उपायलाई विद्यार्थी मार्फत समुदायमा सचेतना पुर्याउन खोजेका हौं’ मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले भनिन्, ‘यो औषधोपचार होईन, आपतकालमा जीवन रक्षा गर्न तत्काल अपनाउनु पर्ने उपायमात्र हो । जो कसैकालागी यो उपयोगी छ ।’
‘उपाध्यक्षसँग विद्यालयमा स्वास्थ्य शिक्षा’ कार्यक्रमले गाउँपालिका भित्रका सवै वडाका ८ वटै मावि तहका विद्यार्थी/शिक्षकमा बढी लक्षित भएपनि समुदायका सार्वजनिक सवारी चालक, प्रहरी, महिला स्वयमसेवन, युवा क्वल र सामाजिक संस्थाका अगुवालाई पछि छुट्टै आपतकालिन जीवन रक्षाको सीप र उपाय सिकाईने उपाध्यक्ष विटालुले बताईन ।
जीवनमा आई पर्ने ५ आपतकालिन अवस्था तत्काल अपनाउनु पर्ने शिप र उपायबारे डा. लक्ष्मी पन्थीले समुदाय तथा विद्यालय तहमा पुगेर सहजीकरण गरिरहेकी छिन । कार्यक्रम संञ्चालन गर्न गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग रहेको छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
