Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

म्याग्दी क्याम्पसले मनायो २९ औं बार्षिकोत्सव

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १८१ पटक पढिएको
म्याग्दी क्याम्पसले मनायो २९ औं बार्षिकोत्सव

उच्च शिक्षा अध्यापन गराउने जिल्लाको पुरानो शैक्षिक संस्था म्याग्दी बहुमुखी क्याम्पसले स्थापनाको २९ औं बार्षिकोत्सव एवं १८ औं क्याम्पस सभा भब्य कार्यक्रमसाथ मनाएको छ ।

बार्षिकोत्सव सभाको शुक्रवार गण्डकी प्रदेश सरकारकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गरिन । सो अवसरमा प्रमुख अतिथी पुनले क्याम्पसले शिक्षा तथा मानविकी संकाय भवनको छतमा २७ लाख लागतमा निर्मित सभाहलको समेत उद्घाटन गरिन ।

गण्डकी प्रदेश सरकार शिक्षा क्षेत्रमा गुणात्मक सुधार ल्याउन सकृय छ । शिक्षा क्षेत्रमा राम्रो काम गर्न प्रोजेक्ट ल्याएर आए प्रदेश सरकार प्रयाप्त बजेट दिन सक्छ क्याम्पसको बार्षिकोत्सव तथा सभाको उद्घाटन गर्दै मन्त्री पुनले भनिन, ‘गण्डकी विश्व विद्यालय स्थापान भै कुलपतिको खोजी भैरहेको, गण्डकी प्राविधिक शिक्षा प्रतिष्ठान स्थापनाकालागी जग्गा प्राप्ती प्रकृयामा रहेको र हरेक जिल्लामा नमुना आवसिय विद्यालय स्थापना सुरु गरिएको र हरेक खेलकुद, कला तथा संगितको पठाई हुने विशेष विद्यालय स्थापनाको तयारी गरिरहेका छौं ।

क्याम्पस संञ्चालक समितिका अध्यक्ष वालकृष्ण सुवेदीको अध्यक्षतामा सम्पन्न सभामा क्याम्पस प्रमुख टिकाराम सापकोटाले प्रगति प्रतिवेदन र कोषाध्यक्षको अनुपस्थितीले आर्थिक प्रतिवेदन सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले प्रस्तुत गरे । क्याम्पस सभाले दुवै प्रतिवेदन अनुमोदन गरेको छ ।

सामुदायीक प्रयासमा २६ बर्ष अघि ०४८ सालमा मानविकी तथा सामाजिकशास्त्र अर्न्तगत प्रविणता प्रमाणपत्र तहबाट पढाई सुरु गरेको म्याग्दी क्याम्पसले यसै शैक्षिक सत्र देखी एमविए (मास्टर अफ विजनेस स्टडिज) विषयमा स्नाकोत्तर तहको पढाई सुरु गरेको छ ।

जिल्लामा थप र्दुई सामुदायी र एक निजी स्तरबाट संञ्चालित ब्यवस्थापन र शिक्षा शास्त्र संकायका स्नातक तहका क्याम्पस संञ्चालनमा छन । मानविकी विषयमा भने जिल्लामा आर्कषण घटेको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल