आज:  | Fri, 01, Jul, 2022

म्याग्दी उद्योग बाणिज्य संघको साधारण सभा सम्पन्न

१९ पुष २०७६, शनिबार २०:३२ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी उद्योग वाणिज्य संघको २६ औं बार्षिक साधारण सभा शनिवार बेनीमा सम्पन्न भएको छ ।सधारण सभाको गण्डकी प्रदेश सरकारकी सामाजिक विकास मन्त्री नरदेवी पुनले एक समारोह विच उद्घाटन गरिन । साधार सभाको उद्घाटन गर्दै प्रदेश मन्त्री पुनले सरकार र निजी क्षेत्रको साझेदारीले मात्र देश विकास संभव रहेको चर्चा गर्दै जिल्लाको विकास आयोजना र बजेट परिचालनमा राजनैतिक पहुँचले मात्र होईन कर्मचारीतन्त्रमा पहुँच नपुग्दा पछाडी परेको अनुभव सुनाईन ।कार्यक्रममा मन्त्री पुनले आयात प्रतिस्थापन नगरी नेपाली अर्थतन्त्र आत्म निर्भर बन्न नसक्ने बताउँदै आयातित बस्तु बेचेर मात्र उद्योगब्यवसायी बन्न नसकिने उत्पादन मुलक क्षेत्रमा लाग्न ब्यवसायीलाई सुझाईन ।‘सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र आर्थिक विकास ंसंभव छ । देशले स्थीर सरकार पाएकोले लगानीमैत्री वातावरण बन्दै गएको छ । अव उत्पादन क्षेत्रमा लगानी बढाउनुस’ मन्त्री पुनले भनिन, ‘आयातित वस्तुको डिलरसिप गरेर उद्योगी भईन्न । उत्पादनका क्षेत्रमा लगानी बढाउनुस, कर छुटका धेरै अवसर छन ।’साधारण भामा जिल्लाका कलेजहरुमध्यबाट बाणिज्य शास्त्र स्नातक तहमा उत्कृष्ट नतिजा ल्याउने छात्रा/छात्र मध्य म्याग्दी क्याम्पसका निता शर्मा र हरीप्रसाद उपध्यायलाई जनही ५ हजार नगदसहित उद्योग वाणिज्य अवार्डले सम्मान गरियो । त्यसैगरी संघले १३ औं सार्क खेल प्रतियोगितामा सहभागी भै पदक विजेता म्याग्दीका अरुणा शाही, कमला पुन, तारादेवी पुन र विन्दु पुनलाई दोसल्ला र नगदसहित सम्मान गरेको थियो ।सधारण सभाले महासचिव लिलाराम गौतमद्धार प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष अमित बानियाँको तर्फबाट प्रस्तुत गरिएको आव ०७५/०७६ को आर्थिक प्रतिवेदनलाई अनुमोदन गरेको छ ।