Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

सुरेश वचाउन ३५ लाख सहयोग जुट्यो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३१७ पटक पढिएको
सुरेश वचाउन ३५ लाख सहयोग जुट्यो

आर्थिक रुपमा विपन्न यहाँका एक किसोरको मृगौला प्रत्यारोपण गर्न ३५ लाखबढी आर्थिक सहयोग जुटेको छ ।

दुवै मृगौला फेल भै राजधानीको अल्का अस्पतालमा डायलासिस गरिरहेका मंगला गाउँपालिका, ५ अर्मन नेटाका २१ बर्षिय सुरेश छन्त्याललाई बाबु सकप्रसाद छन्त्यालको मृगौला प्रत्यारोपण हुँदै छ ।

शनिवार ‘सुरेश बचाउ अभियान’ अर्न्तगत म्याग्दी अर्मन समाज काठमाण्डौले १० लाख रुपैयाँ ओमकुमारी शान्ति कोषलाई हस्तान्त्रण गरेको छ ।

‘आफ्नै गाउँका एउटा युवाको जीवन रक्षाकालागी हामी राजधानीमा बस्ने दाजुभाईले केही सहयोग गरेका हौं’ समाजका अध्यक्ष टंक बुढाथोकीले भने, ‘ओमकुमारी कोषले जिल्लाका सयौं विरामीलाई निश्वार्थ सहयोग जुटाईरहेकोले कोष मार्फत नै विरामीको उपचारमा सहयोग गरेका हौं ।’

विपन्न र आर्थिक अवस्था कमजोर जिल्लाबासीको श्वास्थ्य उपचारमा सहयोग जुटाउँदै आएको ओमकुमारी शान्ति कोषको संञ्चालन गरेको ‘सुरेश बचाउ अभियान’ मार्फत यो रकम संकलन भएको हो ।

सुरेश बचाउन विभिन्न देश, सहयोगी दाता र संघसंस्था मार्फत ३५ लाखबढी सहयोग जुटेको छ । सोही रकमबाट एक बर्षदेखी शुरेसको मृगौला डायलासिस भैरहेको छ । ‘छिट्टै मृगौला प्रत्यारोपणको तयारी भैरहेको छ’ सहयोग संकलनका अभियन्ता ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले बताए ।

‘दिन जान्यो, बााच्न जान्यो’ भन्ने मुल भवनासहित गठन भएको ओमकुमारी शान्ति कोष आर्थिक अभावकै कारण अस्पताल पुग्न र ज्यान गुमाउन बाध्य विपन्न जिल्लाबासीको उपचारमा सहयोग जुटाउँदै आएको छ । हाडभित्र मासी उत्पादन नहुने (हाईपोलास्टीक एनीमिया) रोगबाट ग्रसित साविक सिङ्गा–१ थामडाँडाकी ओमकुमारी पुन (शान्ति)को उपचार गर्न संञ्चालन गरिएको ओमकुमारी बचाउ अभियानबाट बचेको १३ लाख रुपैयाँ नै ‘ओमकुमारी शान्ति कोष’ बनाईएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल