आज:  | Sun, 03, Jul, 2022

अलपत्र म्याग्दीका खानीहरु

१८ पुष २०७६, शुक्रबार ११:५२ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
देशमा उपलब्ध कच्चा पदार्थमा आधारित उद्योग संञ्चालन गर्न खानीहरुको महत्व हुन्छ । तर हाम्रा धेरै खानीहरु प्रयोगहीन अलपत्र परेका छन ।खानी तथा भुगर्भ विभागका अनुसार म्याग्दीमा खनिजफदार्थ अर्न्तगत सुन, तामा र फलाम खानी, गैहृखनिज फदार्थ अर्न्तगत चुनढुङ्गा, खनिजरत्न पत्थर अर्न्तगत क्वार्ज, कप्रक, पत्थरस्लेट अर्न्तगत स्लेटढुङ्गा तथा मार्वल र खनिज पदार्थमा तातोपानीमा मुहानहरु (हटस्पीङ) पाईन्छन ।जिल्लमा बढी पाईने खनिज पदार्थमा तामा प्रमुख हो । स्थानिय खनेलहरुले रैथाने प्रविधीबाट उत्खनन गरिएको मालिका गाउँपालिका, ४ (साविक ओखरबोट–८) खटेनडाँडा स्थित तामाखानी मुख्य हो । स्थानिय दीर्घनारायण भट्टचन र दीलिप शेरचनले ०१८ सालदेखी नै ओखरवोटको तामाखानी संञ्चालन गरेपनि आधुनिक प्रविधीको अभावमा ०४६ सालदेखी तामाखानी बन्द छ ।‘उपयुक्त प्रविधी अभावमा जोखिममोल्न सकेनौं र खानी बन्द गर्‍यौं । खानी उत्खनन गर्ने परम्परागत शीप युवा पुस्तामा हस्तान्त्रण गराउन खानी विभागमा पुनः खानी उत्खनन गर्ने अनुमति नपाएपछि अलपत्र छ’ मालिका, ४ का वडाध्यक्ष समेत रहेका पूर्वखानी संञ्चालक दीलिप शेरचनले भने,– ‘खानीसम्म मोटरबाटो र विजुली पुगेकोले पुनःउत्खनन गर्ने र आफ्नो शिप र ज्ञान हस्तान्त्रण गर्ने धोको छ ।’खटेनडाँडाको भिरमा कम्तीमा २५ वटाभन्दा बढी तामा निकाल्ने गरिएको सुरुङ्गहरु छन् । ओखरबोट धौलागिरी गाउँपालिका, १ गुर्जा, ५ मच्छिम, रघुगंगा गाउँपालिका, ६ ठाडाखानी, ८ चौरको झिंखानी समेत  २१ ठाउँमा तामाखानी भएपनि सवै बन्द छन । विभिन्न स्थानका खानीहरु संञ्चालन हुन नसक्दा खानी उत्खननमा पोख्त स्थानिय ‘खनेल’हरुको शिप पुस्तान्त्रण हुन नसक्दा लोप हुने अवस्थामा छ । स्थानीय सरकारको रुपमा रहेको गाउँपालिका निर्वाचनपछि स्थानीयले खटेनडाँडाको तामाखानी पुनः संञ्चालन गर्न प्रयास गरेपनि कानुनी अड्चन आएको छ ।‘वन मन्त्रालयसँगको समवन्ययमा खानी उत्खनन गर्न वतावारणीय प्रभाव मुल्याङ्ढन प्रतिवेदन र विस्तृत वातावरणीय प्रभाव मुल्याङ्ढन प्रतिवेदन तयार पारी खानी विभागमा गयौं तर स्वीकृत प्राप्त भएन’ मालिका गाउँपालिका प्रमुख श्रीप्रसाद रोकाले भने, ‘खानी उत्खननको स्वीकृत प्रदेश कानुन अनुसार हुने भएकोले कानुनी अल्झन आएको छ ।’तामा खानी मात्र होईन, धौलागिरी गाउँपालिका, ९ मल्कवाङ्ग र रघुगंगा गाउँपालिका, ८ मंगले क्षेत्रमा फलामखानी पनि रहेका छन । तामाखानी तथा फलामखानी पत्ता लगाउने र उत्खनन गर्ने विज्ञ छन्त्याल जातिलाई मानिन्छ । छन्त्यालहरु आफूलाई खानी खन्ने जातिको रुपमा गर्व गर्ने गरेका छन । जहाँ छन्त्याल जातिको बसोबास छ त्यहीं नै फलाम र तामाखानी रहेको पाईन्छ । छन्त्याल वस्ती रहेका गाउँको पछाडी ‘खानी’ जोडिएको हुन्छ ।रहुघाट र कालीगण्डकी नदीमा प्लेसर गोल्ड भनिने बालुवामा पाईने सुनका टुक्रा पाईने गरेको छ । बालुवामा सुनका टुक्रा भेटिनुलाई नदीका उद्गम क्षेत्रमा सुनखानी हुन सक्ने बलियो आधार हो । १० बर्षअघि काठमाण्डौको एक कम्पनीले दाना र बगुवाखोलामा सुन उत्खनन गर्न अनुमति थियो । तर कम्पनीले अन्वेषण गरे/नगरेको खुलेन । गतबर्ष एक चिनियाँ कम्पनीले घाँसा क्षेत्रमा कालीगण्डकी नदी क्षेत्रमा सुनखानी अन्वेषण गरेको थियो ।खानी तथा भुगर्भ विभागले वेभसाईटमा बेनी नगरपालिका १ रत्नेचौरसिमावर्ती पर्वत जिल्लाको नाङलीवाङ क्षेत्रमा सुनखानी उत्खनन गर्न खानी विभागबाट क्यायुन प्रा.लीले अनुमति लिएको उल्लेख छ ।गैहृखनिज फदार्थ अर्न्तगतको खरीढुङ्गा अर्को महत्वपूर्ण हो । जिल्लाको रघुगंगा गाउँपालिका, २ भगवतीमा खरीढुङ्गाको खानी छ । यहाँको खरीढुङ्गा खानी संञ्चालन गर्न गौतम खनीज उद्योग भरतपुर, ४ चितवन (हाल एएसडिसी एसिया प्रालि त्रिपुरेश्वर, काठमाण्डौ)ले उत्खनन गर्दै आएकोमा रोकिएको छ ।‘गैहृखनिज पदार्थ अर्न्तगत चुनढुङ्गा विश्वमा सवै भन्दाबढी उत्खनन हुने पदार्थ हो । सिमेन्टमा प्रयोग हुने चुनढुङ्गा म्याग्दीका धेरै ठाउँमा रहेको छ । सदरमुकाम वरपरका पहाडबाट निक्लने पानीको मुहानमा अधिक चुनढुङ्गा भेटिएको छ । त्यसैगरी मुदी गाविसको बगरा तातोपानीको मुलमा अधिक मात्रामा चुनढुङ्गा बग्ने गर्छ । यहाँको मुलबाट चुनको लेग्रालेग्रा बग्ने गर्छ ।खनिजपदार्थ मात्र होईन खनिजरत्न पत्थरहरु पनि प्रसस्त पाईन्छन ।  धौलागिरी गापा, १ गुर्जा र २ लुलाङ्ग क्षेत्रमा क्वार्ज पाईन्छ । सोही गाउँपालिका, ५ मच्छिममा अप्रकको पहाड नै पाईन्छ । गुर्जा हिमालमुनी घुर्मखोला नजिक चम्किलो र टल्कने पत्थर (क्वार्ज) को पहाड छ ।‘खनिजरत्न क्वार्जको पहाड नै राती टल्कन्छ’ धौलागिरी गाउँपालिका, १ का वडाध्यक्ष झकबहादुर छन्त्यालले भने, ‘टल्कने पत्थर स्थानीयले पहिचान र प्रशोधनकालागी बाहिर लैजान खोज्दा प्रहरीले पक्राउ गरेपछि अहिले अलपत्र छ ।’डाईमन्सन ढुङ्गाहरु पनि जिल्लामा छन । अन्नपूर्ण गाउँपालिका ५ शिख र ६ घारको दगुर्नेपानी क्षेत्रमा मार्वल पाईन्छ । मालिका गाउँपालिका, ३ रुममा स्लेट ढुङ्गेखानी छ । स्लेट ढुङ्गा जिल्लाका अन्य दर्जनबढी क्षेत्रमा छन ।