आज:  | Tue, 28, Jun, 2022

शालीग्राम लघुवित्त वित्तीय संस्थाको कारोबार सुरु

१६ पुष २०७६, बुधबार १४:२४ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा प्रधान कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्था लिमिटेडले कारोबार सुरु गरेको छ ।शालीग्राम जिल्लाको पहिलो लघुवित्त संस्था हो । आर्थिक र बैकिङ क्षेत्रमा पछि परेका सिमान्तकृत समुदायको आयआर्जन सशक्तिकरण र गरिवि न्युनीकरण गर्ने उद्देश्यले लघुवित्त सञ्चालन गरिएको अध्यक्ष कृष्णबहादुर थापाले  बताए । २०७५ साउन २७ गते नेपाल राष्ट्र बैङ्कबाट बाट (घ) वर्गको वित्तीय कारोबार गर्ने संस्थाको रुपमा अनुमति पाएको थियो ।४० जनाको एक करोड ६८ लाख १७ हजार रुपैया संस्थापक सेयर लगानी रहेको संस्थाले ८२ लाख ८३ हजार रुपैयाँ साधारण सेयर रकम जुटाउन आइपिओमा जाने तयारी गरेको छ । बेनीको केन्द्रीय कार्यालयका साथै पर्वतको जलजला, कास्कीको लाहचोक, तनहुको खैरेनीटार, नवलपुरको प्रगतिनगर, सर्दीमा शाखा कार्यालयबाट सेवा उपलब्ध गराएको छ ।२०७६ मंसिर सम्म ३५ वटा केन्द्र र ६२ वटा समूहमा २६५ जना सदस्यलाई एक करोड ६५ लाख ३७ हजार रुपैयाँ लगानी गरेको छ । हाल २६ लाख ८३ हजार रुपैया सदस्यहरुबाट बचत संकलन गरेको छ ।सामुहिक जमानिका आधारमा एक जना सदस्यलाई एक हजार देखि तीन लाख रुपैयाँ सम्म कर्जा उपलब्ध गराउने गरिएको छ । कर्जामा १८ प्रतिशत र निक्षेपमा ७ प्रतिशत ब्याजदर रहेको छ ।दुई देखि ४० जना सम्मको सदस्य बनाएर संस्थाको केन्द्रमा आवद्ध हुन सकिन्छ ।