FLASH NEWS
  • Loading...

म्याग्दी जेसीजको अध्यक्षमा सुजन बरुवाल

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ११६ पटक पढिएको
म्याग्दी जेसीजको अध्यक्षमा सुजन बरुवाल

म्याग्दी जेसिजको वर्ष २०२० को शाखा अध्यक्षमा सुजन बरुवाल निर्वाचित भएका छन् ।

शाखाको  २१ औ अधिवेशनबाट वर्ष २०२० को शाखा अध्यक्षमा बरुवाल निर्वाचित हुनुभएको हो । शनिवार भएको निर्वाचनमा बरुवालले प्रतिद्धन्दी शैलेश श्रेष्ठले १३ मत अन्तरले पराजित गरेका हुन । बरुवालले ४१  मत पाएका थिए ।

शखाको कार्यकारिणी उपाध्यक्षमा हरि भण्डारी र सन्दिप खत्री चयन भएका छन् ।  यसैगरी उपाध्यक्षमा दिनेश विश्वकर्मा, कुमार बानिया, इन्द्रबहादुर विश्वकर्मा र सुनिता श्रेष्ठ भए । १५ सदस्यीय शाखाको अन्य पदाधीकारीमा निर्वाचित कार्यसमितिको बैठकले मनोनित गर्ने व्यवस्था छ । नवनिर्वाचित अध्यक्ष बरुवालले मतदानमा भाग लिने सबैलाई धन्यवाद दिदै जेसीजको उद्देश्य र लक्ष्य अनुसारका गतिबिधिलाई निरन्तरता दिने बताए ।