FLASH NEWS
  • Loading...

नेपाल छन्त्यल संघमा रेशम छन्त्याल

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १०५ पटक पढिएको
Post Thumbnail

नेपाल छन्त्याल संघ म्याग्दीको पाचौं जिल्ला अधिवेशनबाट धौलागिरी गाउँपालिका उपाध्यक्ष समेत रहेका युवा नेता रेशमबहादुर भलन्जा छन्त्याल अध्यक्ष चयन भएका छन ।

शनिवार बेनीमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा हरीबहादुर घरब्जा, सचिवमा मनबहादुर बुढाथोकी छन्त्याल, कोषाध्यक्षमा नन्दकुमारी भलन्जा, सहसचिवमा मनिषा घ्याप्चन चयन भएका छन ।

त्यसैगरी सदस्यहरुमा दलबहादुर भलन्जा, कृमाया घ्याप्चन, करुणा घरब्जा, नरबहादुर पोत्लागें, टेकबहादुर झिंराजा, दबहादुर घरब्जा, कृष्णकुमारी भलन्जा, दम्बर भलन्जा र सुरेन्द्र घरब्जा छन्त्याल चयन भएका छन ।

नेपाल छन्त्याल संघ ४ नम्बर प्रदेश उपाध्यक्ष ओम छन्त्याल, रघुगंगा गाउँपालिका, ८ का वडाध्यक्ष गमान छन्त्याल, पूर्व जिल्ला अध्यक्ष चित्रमान छन्त्याल, कमल छन्त्याल, डम्बरकुमारी छन्त्याल समेतले अधिवेशनमा शुभकामना ब्यक्ति गरे ।