आज:  | Fri, 01, Jul, 2022

पुराना बमको त्रास

१५ पुष २०७६, मंगलवार १८:४२ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बगरमा मंगलवार ठूलो विष्फोटन भयो । विष्फोटनको आवाज सेनाको श्रीवक्स गुम्म र २३ नं बाहिनीको वम डिस्पोजल टिमले बेनीको मंगलाघाट नजिकै फेला परेको मोर्टार सेल डिस्पोज गर्दा आएको थियो । नदी किनारामा फेला परेको ८१ एमएम मोर्टार सेल १६ बर्ष अघि ०६० चैत ७ गते माओवादीले बेनी आक्रमण गर्दा प्रहार गरेको तर नपड्किएको मोर्टार सेल हो । डोजरले खनेर फालेको ढुङ्गामाटोमा भेटिएको उक्त मोर्टार सेल स्थानीय अमित खान (३६)ले भेटेका थिए । अनौठो बस्तु भेटेपछि खानले उक्त नपड्किएको विष्फोटक वस्तु समाएर बजारमा हिँडिरहेको अवस्थामा प्रहरीले भेटेपछि उक्त मोर्टारलाई सेनाको डिस्पोजल टीमले खुल्ला मञ्चको पछाडी नदी बगरमा पुर्‍याएर डिष्पोज गरेको हो । ‘बेनी–बाग्लुङ सडक खण्डको म्याग्दी नदीपुलमुनी किनारामा फेला परेको पुरानो र खिया लागेको मोर्टार सेललाई सुरक्षित डिष्फोज गरेका छौं’ बेनी स्थित श्रीबक्स गुल्म प्रमुख मेजर शुरेश देवकोटाले भने, ‘विष्फोटक पदार्थ द्वन्द्वकालिन हो ।’ म्याग्दी खोलामा तटवन्ध लगाउन डोजरले फाउण्डेसन राख्न खाल्डो खन्दा निक्लेको थियो । मोर्टार सेल भेटिएको क्षेत्र तत्कालिन अवस्थामा सेनाको कालीप्रसाद गण (ई)को ब्यारेक थियो । कारखानामा निर्मित विष्फोटक युद्ध सामाग्री मोर्टार सेल फायर गरिने, फ्याँकिने, माथीबाट खासालिने र टाढाबाट प्रक्षेपण गरिने हुन्छन । तत्कालिन विद्रोही माओवादीले साविक भकिम्ली र पुलाचौरको डाँडाखेतबाट बेनी स्थित कालीप्रसाद गणलाई लक्षितगरी प्रहार गरेका कम्तीमा ५ वटा यस्ता मोर्टार सेल विष्फोटन नभएको (मिसप्लेस झएको) बताएको थियो । माओवादीले त्यस वेला दावी गरे अनुसार बेनी आक्रमणत्रममा तार्केट फेल भएको ५ मध्यको यो सेल एउटा हो । बाँकी ४ वटा सेल बेनीबासीकालागी झुक्याउने पासो (वुवी ट्याप) बनेका छन । विष्फोटन आवाजले बेनीबासी फेरी एक पटक झस्के । नदी किनारा खन्दा डोजरको बकेटले सोझै मोर्टार सेलमा चोट नलागेकोले ठूलो दुर्घटना टरेको हो । सैनिक ब्यारेक, झिडन्त स्थलहरुमा मोर्टार सेल, हाते ग्रिनेड, राईफल ग्रिनेड र आर्टीलरी सेल/रकेट जस्ता नपड्किएका विष्फोटक पदार्थ बर्षौपछि सम्म फेला पर्ने वा अज्ञानतावस चलाउँदा विष्फोटन भै मानविय क्षतिको जोखिम रहन्छ । ‘त्रासदीलाग्दो युद्ध सकियो भन्ने थियो तर अझै बम भेटिएपछि डर लागेको छ । त्यही भिडन्त भएको स्थानमै सयौं बम हटाएर बस्ती सारेका हौं’ अल्पसंख्यक मुसलमान वस्तीका रहमान खानले भने, ‘अझै यस्ता कति बम घरमुनी पुरिएका होलान, बाटोमा पुरिएका होलान ।’ माओवादीले बेनी आक्रमण गरेको ०६० चैत ७ गतेपछि सोही महिनाको ९ गते बनी नजिक अथुङ्गेमा  सुजन जैसी (६ बर्ष), चैत १० गते ताकममा गौरी गर्वुजा (१२), ०६१ पुस १ गते निस्कोटमा नगेन्द्र र  भुमिराज पुन दाजुभाई समेत नपड्किएको वेवारिसे विष्फोटक वस्तु (बम) खेलाउँदा कम्तीमा चार जना सर्वसाधारणको मृत्यु भएको थियो । वेवारिसे विष्फोटक पदार्थ चलाउँदा ०६२ असारमा बाबियाचौरका सुरेन्द्र खत्रीले दुवै हात गुमाए । त्यसैगरी ०६७ जेठ ३१ गते साविक पिप्ले, ३ घुमाउने तालमा नेपाली सेनाले भुलवस छोडेको नपड्किएको ल्याण्डमाईन विष्फोटन हुँदा सुविन्द्र शाही भएका थिए । घट्नास्थल नेपाली सेनाले ब्यारेकको रुपमा प्रयोगपछि छोडेको निजी खेत थियो । ०६७ कात्तिक १४ गते ताकमका एक ५ बर्षिय बालक सुन्दर केसीले डेटोनेटर तार फेलापारी अगेनामा हाल्दा घाईते भए । ०६८ सालमा बेनीको मुसलमान वस्तीमा दर्जनबढी ग्रीनेट फेला परेका थिए । भने सोही बर्ष बेनीमाथीको ठूलो सल्लेरी सामुदायीक वनमा डढेलो लाग्दा दर्जनौं वम विष्फोट भएका थिए । ०७० पुसमा पश्चिम साविक मुनाको काफलडाँडाको जंगलमा स्थानियले फेला पारेको वेवारिसे सकेट वम नेपाली सेनाले निस्कृय पारेको थियो । बेनीमा मात्र होईन, भिडन्त स्थल तथा शसस्त्र हतियारधारी सैनिक तथा विद्रोहीले प्रयोग गरेको ब्यारेक तथा आश्रयस्थलहरुमा घरेलु विष्फोटक पदार्थ/नपड्किएका विष्फोटक पदार्थ/मानईन छुट्न सक्नेहुँदा जहिल्यै दुर्घटनाको जोखिम भैरहन्छ । सकेट वम, प्रेसरकुकर बम, वाल्टिन वम, पाईप बम, सुतली बम, तारबाट नियन्त्रण गरिने बम जस्ता घरेलु विष्फोटक पदार्थ, मोर्टार सेल, कार्तुस (गोली होईन), हाते ग्रिनेट, राईफल ग्रिनेड, आर्टिलरी सेल, रकेट जस्ता नपड्किएका विष्फोटक वस्तु बढी जोखिमपूर्ण रहेका छन ।