सुख्खा पहिरो झरेपछि अवरुद्ध बेनी–जोमसोम सोझो यातायात सोमबार साँझ देखी खुलेको छ ।शुक्रवार विहान ४ बजेदेखी झरेको सुख्खा पहिरोले सदरमुकाम बेनीदेखी २३ किमी उत्तर अन्नपूर्ण गाउँपालिका, ३ दानाको गुईठेमा यातायात पूर्ण अवरुद्ध थियो । सडकदेखी माथीको करिव ५० मिटर लामो भीर भत्केर सडक पुरेको थियो ।‘स्तर उन्नत भैरहेको बेनी–जोमसोम सडकको गुईठेमा सुख्खा पहिरो झरेपछि चार दिनदेखी अवरुद्ध याायात सुचारु भएको छ’ सडक विभागका स्थानीय सुपरभाईजर इन्द्रसिं शेरचनले बताए ।