आज:  | Fri, 01, Jul, 2022

सवै स्थानीय तहमा काँग्रेस पुर्नगठन, बेनी नगरमा अनोद श्रेष्ठ

६ पुष २०७६, आईतवार २०:०२ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
नेपाली काँग्रेस म्याग्दीले केन्द्रीय समितिको निर्देशनमा अन्तरिम निर्देशिका ०७६ अनुसार सवै स्थानीय तहमा संगठन पुर्नगठन गरेको जनाएको छ ।शनिवार बेनी नगरपालिका स्तरिय भेलाले अनोद श्रेष्ठ सभापति रहेको नगर समिति गठनसँगै सवै स्थानीय तहमा काँग्रेस पुर्नगठनले पूर्णता पाएको हो । बेनी नगरसमितको उपाध्यक्षमा यामबहादुर बानियाँ, सचिवमा हरी पौडेल, कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ चयन भएको नगर भेला आयोजक समितिका संयोजक रेशमबहादुर बानियाँले जनाएका छन ।त्यसैगरी काँग्रेसको धौलागिरी गाउँपालिका सभापतिमा प्रेमबहादुर पुन, मालिका गापामा खिमबहादुर पुन, मंगला गापामा नरसिं केसी, रघुगंगा गापामा जीवन मल्ल र अन्नपूर्ण गाउँपालिका सभापतिमा वेलबहादुर पुर्जा चयन भएको नेपाली काँग्रेस म्याग्दीले जनाएको छ ।