आज:  | Tue, 05, Jul, 2022

कर्मचारीले तलव पाए, सोमबारदेखीे बेनीको फोहोर उठ्ने

६ पुष २०७६, आईतवार १६:२९ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
एक सातादेखी रोकिएको बेनी नगर क्षेत्रको फोहोरमैला सोमबारदेखी संकलन गर्न कर्मचारी सहमत भएका छन ।फोहोरमैला ब्यवस्थापन ठेक्का लिएको मिसन फर वेष्ट मेनेजमेन्ट प्रालिले बेनी नगरपालिकाबाट रकम पेश्कि लिएर कर्मचारीको वैंक खातामा जम्मा गरेको भौचर पेश गरेपछि कर्मचारीहरु सोमबारदेखी काममा फर्कन सहमती भएको हो ।तीन महिनादेखी तलव नपाएपछि फोहोरमैला संकलनमा १४ बर्षदेखी संलग्न बेनी नगरपालिका, ३ भकिम्लीकी मनकुमारी परियार समेत जुना दमाई र सवारी चालक चित्रबहादुर बुढाथोकीले काम रोकेका थिए ।फोहोर संकलक परियार र दमाईले मासिक १९ हजार ४ सय र चालक बुढाथोकीले मासिक २५ हजार ४ सय तलव, वार्षिक पोशाक भक्ता र एक महिनाको तलव बरावरको दशैं खर्च पाउँदै आएका छन ।‘अव नियमित तलव नपाए प्रालिमा होईन जनप्रतिनिधीको घर जान्छौं’ सहमति पछि मनकुमारीले भनिन, ‘हामीलाई सुरुमा नगरपालिकाले नै नियुक्त गरेको हो, फोहोर ब्यवस्थापन गर्न हामी प्रालिमा गएका मात्र हौं ।’नगरपालिकाको बेनी, गलेश्वर र तातोपानी क्षेत्रबाट उत्सर्जन हुने फोहोर ब्यवस्थापन गर्न आफ्ना फोहोर संकलनमा संलग्न कर्मचारी सहित पोखरा महाँनगरपालिका, ५ को मिसन फर वेष्ट मेनेजमेन्ट प्रालिलाई ठेक्का दिएको थियो । फोहोर मैलाबाट संकलिन ४० प्रतिशत शुल्क नगरपालिका र ६० प्रतिशत रकम कम्पनीले पाउने सम्झौता छ ।एक दशकबढी आफ्नो कार्यालयमा सेवा गरेका कर्मचारीलाई अर्को निजी कम्पनीलाई सुम्पेको बेनी नगरपालिकाले फोहोरमैला उठ्न छोडेको सातापछि वल्न छलफलमा बसेको हो ।‘आन्दोलनरत कर्मचारीको खातामा रकम जम्मा भैसकेको छ । अव सोमबारदेखी काममा फर्कनु हुन्छ’ बेनी नगरपालिकाका प्रमुख हरीकुमार श्रेष्ठले भने, ‘करारका कर्मचारी भनेको दैनिक ज्यालादारी जस्तै हो । प्रालिले कम्तीमा सरकारले तोकेको मापदण्ड अनुसार तलवभत्ता दिएको छ । फोहोरमा राजनिती छिर्न खोज्दा समस्या देखिएको हो । अव सुल्झियो ।’बेनी नगरपालिकाले कम्पनीलाई नियमित रकम भुक्तानी नदिएको र डम्पिङ् साईटमा संकलित फोहोर विक्रि नहुँदा मजदुरलाई मासिक तलव दिन नसकेको बेनीबाट उत्सर्जन हुने फोहोरमैला ब्यवस्थापनको जिम्मा लिएको पोखराको मिसन फर वेष्ट मेनेजमेन्ट प्रालिले बताएको छ । बेनी नगरपालिकासँग हामीले उपकरणको इन्धन र मर्मत गर्ने तथा मजदुरको तलव मात्र दिने गरी ब्यवस्थापन जिम्मा लिएको भएपनि मजदुरले अन्य सेवा सुविधाको विषय जोडेर आन्दोलन सुरु गरेका दावि गरेको छ ।‘आज (आईतवार) हामीले कर्मचारीको खातामा तलव जम्मा गरेका छौं । हामीले सम्झौता अनुसारको सेवा सुविधा दिएका छौं’ बेनीको फोहोर ब्यवस्थापन कम्पनीका संञ्चालक सदस्य मध्यका एक यामबहादुर परियारले भने, ‘नगरपालिकाले मासिक झुक्तानी नदिएको र संकलित कवाडी वित्रि नभएकोले कर्मचारीको तलव ढिलाई भएको हो ।’