- Loading...
अन्टार्कटिकामा भेटियो जमिनको सबैभन्दा गहिरो भाग
- पुनहिल डट कम
- ५ साल अघि
- २३४ पटक पढिएको

जमिनमा रहेको सबैभन्दा गहिरो भाग पत्ता लागेको छ । अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरूको एक समूहले अन्टार्कटिकाको डेनमान हिमनदी क्षेत्रमा जमिनको सबैभन्दा गहिरो भाग फेला पारेको हो ।
शोधकर्ताहरूका अनुसार, अन्टार्कटिकामा योबोहक अन्य धेरै रहस्यमय चिजहरू रहेका छन् । अन्टार्कटिकाको खोज परियोजनामा पछिल्लो ६ वर्षदेखि काम गरिरहेका डाक्टर म्याथ्यु मार्लिग्मका अनुसार हिमनदीमुनि रहेको उक्त खोच पृथ्वीको जमिनको सतहमा रहेको सबैभन्दा गहिरो भाग रहेको पुष्टि भएको छ ।
डेनमान हिमनदी २० किलोमिटर चौडा रहेको छ । उक्त हिमनदीमा हिउँको पत्र साढे ३ किलोमिटरसम्म बाक्लो रहेको पाइएको छ । यति बाक्लो हिउँको पत्रमा उतारचढाव आएमा भविष्यमा दक्षिणी ध्रुवको रूपरेखा नै बदलिन सक्ने वैज्ञानिकहरूको भनाइ छ ।
स्मरणरहोस् पृथ्वीमा जमिनको सबैभन्दा गहिरो भाग अन्टार्कटिकामा फेला परेको भए पनि समुद्रको सबैभन्दा गहिरो भागचाहिँ प्रशान्त महासागरमा छ । प्रशान्त महासागरमा रहेको मेरियाना ट्रेन्चको गहिराइ ११ हजार ६७७ मिटर रहेको छ । यदि प्रशान्त महासागरमा रहेको उक्त खाडलमा विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथालाई हाल्ने हो भने सगरमाथा पूरै डुब्नेमात्र होइन, सगरमाथाको टुप्पो पानीको सतहभन्दा झण्डै ३ किलोमिटर तल हुन्छ । मारियाना ट्रेन्च अर्धचन्द्र आकारको छ । यसको लम्बाइ २५५० किलोमिटर र चौडाइ ६९ किलोमिटर रहेको छ ।
एजेन्सीको सहयोगमा

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
