FLASH NEWS
  • Loading...

पुस १० गते खण्डग्रास सूर्यग्रहण

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २०० पटक पढिएको
पुस १० गते खण्डग्रास सूर्यग्रहण

पुस १० गते बिहिबार बिहान खण्डग्रास सूर्यग्रहण लाग्दैछ। दुई घन्टा ४९ मिनेट लामो ग्रहण त्यसदिन नेपाली समयअनुसार बिहान ८ बजेर  ४२ मिनेटमा सुरू भएर १० बजेर १ मिनेटमा सकिनेछ।
खण्डग्रास सूर्यग्रहण अधिकतम् भएको बेला काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।
‘मौसम अनुकुल भए, बादल नलागे काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिन्छ’ भट्टराईले भने। यो ग्रहण नेपाल, भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीकालगायत स्थानबाट देखिनेछ।
भारत, सिंगापुर, श्रीलंका, मलेसियालगायत ठाउँबाट भने रिङ अफ फायरका रूपमा देखिनेछ। रिङ अफ फायरमा पूरै चन्द्रमाले सूर्यलाई ढाक्ने तर त्यसको वरिपरिबाट प्रकाश देखिन्छ। यो खालको ग्रहण भने निक्कै दुर्लभ मानिएको छ। ग्रहण लाग्दा रिङ अफ फायर भने प्राय:जसो बीचको समयमा देखिने सोसाइटीले जनाएको छ।
खण्डग्रास ग्रहणलाई नाङ्गो आँखाले नहेर्न पनि सचेत गराइएको छ।
के हो सूर्य ग्रहण ?
सूर्यग्रहण एक प्रकारको ग्रहण हो जब चन्द्रमा, पृथ्वी र सूर्यको बीचबाट जान्छ तथा पृथ्वीबाट हेर्दा सूर्य पूर्ण अथवा आंशिक रूपमा चन्द्रमाद्वारा छेकिन्छ । पृथ्वीले सूर्यको परिक्रमा गर्छ भने चन्द्रमाले पृथ्वीको फरिक्रमा गर्ने त्रममा चन्द्रमा, सूर्य र पृथ्वीको बीचमा आउँछ। त्यसबेला सूर्यको केही या सबै प्रकाश छेक्दछ । जसले गर्दा धर्तीमा आंशिक या पूर्ण अँध्यारो फैलिन्छ । यस घटनालाई सूर्यग्रहण भनिन्छ । सूर्यग्रहणको घटना सँधै अमावस्या तिथीमा तिथीमा पर्दछ ।
धेरै जसो चन्द्रमाले सूर्यको केही भागलाई मात्र छेक्दछ । यो स्थितिलाई खण्डग्रास-ग्रहण भनिन्छ । कहिले कहीँ मात्र चन्द्रमाले सूर्यलाई पूरा छेक्दछ । यसलाई पूर्ण-ग्रहण अथवा खग्रास ग्रहण भनिन्छ । पूर्ण-ग्रहण धर्तीको धेरै कम क्षेत्रमा मात्र देख्न सकिन्छ । अधिकतम दुई सय पचास (२५०) किलोमीटर मात्र पूर्ण ग्रहण देख्न सकिन्छ । यस क्षेत्र बाहिर खण्डग्रास-ग्रहण मात्र देखिन्छ । पूर्ण-ग्रहणको समयमा चन्द्रमालाई सूर्यको अगाडिबाट जानमा दुई घण्टाको समय लाग्दछ । चन्द्रमाले सूर्यलाई अधिकतम, सात मिनटसम्म पुरा छेक्दछ । यसबखत आकाशमा केही समयको अँधेरो हुन्छ या दिनमा रात भएको जस्तै भान हुन्छ ।
सूर्यग्रहण हुनाको लागि निम्न कुराहरू पूरा हुनु आवश्यक छ । अमावस्या तिथी हुनु पर्छ। चन्दमाको रेखांश राहू या केतुको नजिकै हुनु पर्छ । चन्द्रमाको अक्षांश शून्यका नजिक हुनुपर्छ ।
१८ वर्ष १८ दिनको समयावधिमा ४१ सूर्यग्रहण र २९ चन्द्रग्रहण हुन्छन् । एक वर्षमा ५ सूर्यग्रहण तथा २ चन्द्रग्रहण सम्म हुन सक्छन् । त तैपनि एक वर्षमा २ सूर्यग्रहण त हुनै पर्छ । यदि कुनै वर्ष २ मात्र ग्रहण भए भने ती दुवै सूर्यग्रहण हुन्छन् । यद्यपि वर्षभरमा ७ ग्रहण सम्म संभाव्य छन्, तथापि ४ भन्दा अधिक ग्रहण धेरै कम मात्रामा देख्न पाइन्छ । प्रत्येक ग्रहण १८ वर्ष ११ दिन बीतेपछी पुन: हुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल