Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

सुनकै भाउ छ, सुन्तला म्याग्दीको

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २२३ पटक पढिएको
सुनकै भाउ छ, सुन्तला म्याग्दीको

सुनकै भाउ छ सुन्तला भारीको………………….। गायिका कुन्ति मोक्तानले सुन्तलामा सुनको भाउ धेरै अघि देखेकी हुन । कृषकले बारीमा रोपेका सुन्तलाका बोटमा हिजोआज पहेँला सुन लटरम्मै फलेका छन ।

बगानभित्र चिटिक्क परेको परम्परागत ढुङ्गेघर, झ्याल, छाना र आगनबाट सजिलै टिप्न सकिने पहेँलपुर भै पाकेका लटरम्म सुन्तला । घामको प्रकाशले पाकेका सुन्तला टल्कँदा घरको भित्तापनि सुन्तला रङगले रङ्गाए जस्तो । मगमग बासनाले मन आनन्द । हात–हातमा पैसा बोकेर दैलोमा आएका ब्यापारीबाट खनखनी रुपैयाँ बुझ्दा कृषकको मन फुरुङ्ग बनेको छ ।

ग्रामिण वस्तीसम्म सडक पहुँच पुगेपछि कृषकले शुरु गरेको ब्यवसायीक सुन्तला खेतीले परम्परागत जीवनशैलीमा परिवर्तन ल्याउन थालेको छ । स्वादमा कहलिएको म्याग्दीका सुन्तलाको माग राजधानी काठमाण्डौसमेत बाग्लुङ्ग, पोखरा र नारायणगढ जस्ता शहरमा हृवात्तै बढेपछि कृषक उत्साही छन ।

‘समुदायले ऋण खोजेर खनेको कच्ची सडक अहिले उपयोगी भएको छ । बारीबाट सुन्तला वेचेर पैसा हात लागेपछि गाउँलेहरु कोदो बारीमा सुन्तला खेती विस्तार गरेका छन’ बेनी नगरपालिका, ३ भकिम्ली मरेकका सचेत कृषक वीरबहादुर थापाले भने, ‘सवैका घरमा धेरथोर सुन्तला छन । सडक पुगेपछि सुन्तला मात्र होईन अन्य कृषी उपज पनि बजार पुर्‍याउन सजिलो भएको छ ।’

प्रधानमन्त्री कृषी आधुनिककरण परियोजना अर्न्तगतको सुन्तला जोन कार्यालयको अभिलेख अनुसार जिल्लामा ३ हजार ७ सय ७७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ । गत बर्ष ४ हजार ५ सय ४८ बोटमा ३ हजार ६ सय मेट्रिकटन सुन्तला निकासी भएको थियो । यो बर्ष भर्खर सुन्तला टिप्ने र बजार पठाउन सुरु भएकोले अभिलेख भैसकेको छैन । ६ हजार ७ सय ९० वटा सुन्तलाका बोटले अर्को वर्षदेखी फल दिन सुरु गर्छ । थप २० हजार सुन्तलाका बोट उत्पादन तयारीमा छन । १६ हजार विरुवा नर्सरीमा छन ।सुन्तला जोन कार्यालयका अनुसार बेनी नगरपालिकाका भकिम्ली, बास्कुना, नेप्टेचौर, अन्नपूर्ण गाउपालिकाको दोवा वेशी, भुरुङवेशी, दाना, नारच्याङ, घारा र हिस्तानको तल्लो क्षेत्र, रघुगंगा गापाको वडा बेगवान्दुक, भगवती, पिप्ले र झिंको पुछार क्षेत्र, मंगला गापाको कुहुँ, बाबियाचौर, अर्मन, बरंजासमेत सवै वडा र मालिका गापाको देविस्थान, ओखरवोट, विमलाई सुन्तला जोन बनाईएको छ । सुन्तलाको खेती हुने सवै वस्ती कम्तीमा हिउँदे सडक जोडिएका छन ।

‘म्याग्दीखोला, रघुगंगा र कालीगण्डकी नदीको दुवै कोखामा रहेका वस्तीमा सुन्तला खेतीको अनुकुल वातावरण छं’ सुन्तला जोन कार्यालयकी नायव प्राविधिक सहायक रुपा विकले भनिन, ‘ कृषकलाई थप ब्यवसायीक वनाउन तालिम, अनुदान र निरोगी बेर्ना उत्पादन/वितरण र रोगको उपचारमा कृषकको घरदैलोमा पुग्ने प्रयास गरेका छौ ।’

कृषकले सुन्तला भित्र लुम्ले तोरी र केराउको विउ उत्पादन गरी छुट्टै आम्दानी गरिहेका छन । दैलोमै पैसा फलेको देखेपछि हौसिएका युवा कृषकले बाँझो भएका खेत र वारीमा सुन्तला खेती थालेका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल