आज:  | Fri, 01, Jul, 2022

लिटल गार्डेनले १६ औं स्थापना दिवस मनायो

२ पुष २०७६, बुधबार ०८:५६ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
सदरमुकाम बेनीको लिटलगार्डेन एकेडेमीले आफ्नो १६ औं स्थापना तथा अभिभावक दिवस विविध कार्यक्रमसाथ मनाएको छ ।विद्यालय स्थापनाको दिवसको समापन तथा मुल समारोहको जिल्ला समवन्यय समितिका प्रमुख देवन्द्रबहादुर केसीले उद्घाटन गरे ।संस्थाफक निर्देशक बालकृष्ण सुवेदीले विद्यालयले सञ्चालन गरेका शैक्षिक कार्यक्रम, विद्यालयको शैक्षिक तथा अतिरित्त वातावरणको अवस्था चर्चा गरे । कार्यक्रममा शिक्षा विकास तथा समवन्य इकाई प्रमुख दलबहादुर थापा, बेनी नगरपालिकाका श्रोत ब्यक्ति मोहन बानियाँ समेतले शुभकामना मन्तब्य राखे ।कार्यक्रममा अभिभावक तथा विद्यार्थीहरुको छुट्टाछ्ट्टै विभिन्न फ्रतियोगितात्मक खेलकुद तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । त्रिदिवसीय कार्यत्रम अर्न्तगत संञ्चालन गरिएका विभिन्न प्रतियोगिताका विजयी खेलाडी पुरस्कृत, विद्यालयमा उत्कृष्ट अध्यापन गराउने शिक्षकलाई सम्मान गरियो । कार्यक्रममा विद्यार्थी, अभिभावक र शिक्षकहरुले आ–आफ्ना प्रतिभा समेत प्रर्दशन गरे ।