FLASH NEWS
  • Loading...

पीपीएल – शरदको पोखरासंग पारसको चितवन भिड्दै

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १११ पटक पढिएको
पीपीएल – शरदको पोखरासंग पारसको चितवन भिड्दै

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) अन्तर्गत आज एक खेल हुँदैछ ।

घरेलु टोली पोखरा पल्टनले लिग चरणको आफ्नो दोस्रो खेलमा चितवन राइनोजसंग प्रतिस्पर्धा गर्ने लागेकाे हाे । पोखरा क्रिकेट रंगशालामा हुने खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।

साविक विजेता पोखरा लगातार दोस्रो जित निकाल्दै अघिल्लो चरण प्रवशको यात्रा सहज बनाउन चाहन्छ । प्रतियोगिता अर्को दाबेदार टिम चितवन भने आफ्नो पहिलो खेल खेल्दैछ । चितवन प्रतियोगिताको सुखद सुरुवात गर्ने दाउमा हुनेछ ।

शरद भेषवाकर कप्तानीको पोखराले पहिलो खेलमा काठमाडौँ गोल्डेन वारियर्सलाई पराजित गरेको थियो । पोखरा पहिलो संस्करणको उपाधि विजेता समेत हो । गत संस्करणमा चितवनलाई फाइनलमा पराजित गर्दै पोखराले उपाधि जितेको थियो ।

चितवनको नेतृत्व राष्ट्रिय टिमका पुर्व कप्तान पारस खड्काले गरेका छन् । पहिलो संस्करणमा दुई टोली दुई पटक खेलेका थिए । लिग चरण र फाइनल चरणमा मैदान उत्रदा पोखरा पल्टनले विजय हासिल गरेको थियो ।