FLASH NEWS
- Loading...
पाकिस्तानी अदालतले सुनायो पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला
- पुनहिल डट कम
- ५ साल अघि
- २९७ पटक पढिएको

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई त्यहाँको विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । पाकिस्तानको इतिहासमै पहिलोपटक तीन सदस्यीय न्यायाधीशको इजलासले पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
२-१मा विभाजन भएको इजलासको पूर्ण आदेश ४८ घण्टाभित्र जारी हुने पाकिस्तानी अखबार डनले जनाएको छ। मुशर्रफलाई अदालतले राज्य विप्लवको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो। पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वका अहमल सेठ, सिन्ध उच्च अदालतका न्यायाधीश नजर अकबर र लाहोर उच्च अदालतका न्यायाधीश शाहिद करिमको बेन्चले मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको हो।
नोभेम्बर ३, २०१७ मा मुशर्रफले संविधानको उल्लंघन गरेको अदालतले बताएको छ। सन् २०१३ नोभेम्बर २० तारिखमा विशेष अदालत गठन गरिएको थियो। सन् २०१६ जुन १९ मा अदालतले मुशर्रफलाई भगौडा करार गरेको थियो।
पाकिस्तानी सेनाका पूर्व प्रमुखसमेत रहेका मुशर्रफ अहिले दुबईमा छन्। मुशर्रफले सन् २००७ नोभेम्बर ३ तारिखमा संविधानलाई लत्याउँदै पाकिस्तानमा संकटकाल घोषणा गरेका थिए। यही मुद्दा सन् २०१३ को डिसेम्बरदेखि विचाराधीन अवस्थामा रहेको थियो।
copy – ekantipur.com
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
