आज:  | Sun, 03, Jul, 2022

एसइई परीक्षा चैत ६ गतेबाट

१ पुष २०७६, मंगलवार ०९:१६ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७६ चैत ६ गतेबाट सञ्चालन गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंसिर ३० गते बसेको बैठकले यो निर्णय गरेको हो। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने बोर्डद्वारा जारी सूचनामा जनाइएको छ। पहिलो दिन अंग्रेजी विषयको परीक्ष हुनेछ। बोर्डले नियमित ग्रेड वृद्धि तथा प्राविधिक समेत सबैको सोही चैत ६ गतेबाट १७ गतेसम्मको परीक्षा तालिका सार्वजनिक गरेको छ। नियमित तथा ग्रेड वृद्धिका विद्यार्थीको हकमा भने नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुनेछ।यस्तै ६ गते नै वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य/अनिवार्य अंग्रेजी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ७ गते शुक्रबार अनिवार्य नेपाली हुनेछ भने गैरनेपाली विद्यार्थीका लागि अंग्रेजी विषयको परीक्षा हुनेछ । यस्तै चैत्र ९ गते आइतबार अनिवार्य गणित, १० गते सोमबार अनिवार्य विज्ञान तथा वेदविद्याश्रमतर्फ भने अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको परीक्षा हुनेछ ।यस्तै, चैत्र ११ गते मंगलबार अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ भने, प्राविधिकतर्फ फार्म म्यानेजमेन्ट एण्ड मार्केटिङ/इनिजनियरिङ ड्रइङ/कम्प्युटर रिपेयर एण्ड मेन्टिनेन्स, वेसिक म्युजिक हुनेको परीक्षा हुने सूचनामा उल्लेख गरिएको छ । १२ गते बुधबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १३ गते ऐच्छिक प्रथमका सबै विषयहरु, १४ गते ऐच्छिक देस्रोतर्फका सबै विषयको परीक्षा हुनेछ ।परीक्षा बोर्डले परीक्षाको समयमा आकस्मिक बिदा पर्न गएमा परीक्षा नियन्त्रण कार्यालयको सूचना बेगर स्थगित नहुने जनाएको छ।