- Loading...
शिख माविमा संरक्षण दिवस मनाईयो
- पुनहिल डट कम
- ५ साल अघि
- २६२ पटक पढिएको

अन्नपूर्ण क्षंरक्षण क्षेत्र आयोजना (एक्याप) अर्न्तगत पर्ने अन्नपूर्ण गाउँपालिका, ५ शिख माध्यामिक विद्यालयमा अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भयो ।
एक्याप घान्द्रुक कार्यालय अर्न्तगत गठित संरक्षण ब्यवस्थापन समिति शिखको आयोजनामा ‘विकासकालागी संरक्षण’ विषयमा विद्यालयका कक्षा ६, ७ र ८ कक्षमा अध्ययनरत विद्यार्थीहरुको सदनात्मक प्रतियोगिता गराईएको थियो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय घान्द्रुकले नै प्रश्न निर्माण गरेको थियो । ४ प्रतियोगितामा रातो सदनका रेस्मा सुनार, सुप्रीया पुर्जा र अभिसेक गुर्वजाको समुह पहिलो, पहेंलो सदनका कमला पाईजा, सुदिप बरुवाल, गोमो तिलिजनको समुह दोस्रो र निलो सदनका जमुना खाती, सचिव तिलिजा र सिजन फगामीको समुह तेस्रो भएको थियो ।
त्यसैगरी विद्यालयमा संञ्चालन गरिएको छुट्टै ‘विकासकालागी संरक्षण’ विषययक वक्तित्वकला प्रतियोगितामा दीक्षा खाती पहिलो, दुर्गा पाईजा दोस्रो र कल्पना पुन तेस्रो भए । दुवै प्रतियोगिताका विजयी छात्र/छात्रालाई संरक्षण ब्यवस्थापन समिति शिखका अध्यक्ष वागवीर पाईजाले पुरस्कार हस्तान्त्रण गरे ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) स्थापना दिवसलाई संरक्षण दिवसको रुपमा मनाउँदै आएको छ । एक्याप अर्न्तगतका पर्ने सामुदायीक विद्यालयमा छुट्टै ‘प्रकृतिको सन्देश’ भन्ने पाठ्य पुस्तक अध्यापन गराउने गरिन्छ ।
समाचार श्रोत ः सेते तिलिजा

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
