FLASH NEWS
  • Loading...

धौलाश्री सहकारीको अध्यक्ष्यमा पुनः श्रेष्ठ निर्वाचित

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २६२ पटक पढिएको
धौलाश्री सहकारीको अध्यक्ष्यमा पुनः श्रेष्ठ निर्वाचित

काठमाण्डौको गंगवुस्थित धौलाश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभाबाट याम श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय संञ्चालक समिति चयन गरेको छ ।

शनिवार संस्थाको कार्यालयमा सम्पन्न साधारण सभाबाट उपाध्यक्षमा तारा जोशी, सचिव पदमलाल सापकोटा, कोषाध्यक्ष यामबहादुर गर्वुजा तथा सदस्यहरुमा क्रमशः महेश श्रेष्ठ, पदमदत्त उपाध्याय, खड्ग थापा चयन भएको नवनिर्वाचित सचिव पदमलाल सापकोटाले बताए ।

त्यसैगरी संस्थाको लेखा समितिको संयोजकमा सुरत जोशी तथा सदस्यहरुमा सुरेन्द्रराज जोशी र वेदु सुवेदी चयन भएको छ ।

साधारण सभाबाट हालै सम्पन्न १३ औं साग खेलकुद प्रतियोगितामा पदक विजेता म्याग्दीका चेलीहरु महिला भलिवलकी क्याप्टेन अरुणा शाही, कमला पुन, उसुकी विनु पुन र भारोत्तोलनकी तारादेवी पुनलाई सम्मान गरिएको संस्थाले जनाएको छ ।